यस जिल्लासँग जोडिएको पर्सा वन्यजन्तु आरक्ष हात्ती सवारी, जङ्गल ड्राइभिङ, पदयात्रा तथा जीवजन्तु दृश्यावलोकन आदिका लागि प्रसिद्ध छ । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मचान रिसोर्ट सुन्दर वन्यजन्तु बाघ तथा गैंडा लगायतका जीवजन्तुका लागि प्रसिद्ध मानिन्छ र यहाँ पर्यटकीय सुविधाहरू सहज रूपमा उपलब्ध छ ।