मकवानपुरको मध्यभाग हेटौडा ११ स्थित पुण्यक्षेत्र सहिद स्मारक पार्कबाट १ किलोमिटर पश्चिम जंगलमा अबस्थित छ । यस रमणिय पुण्यभूमि नेपाल मानव धर्म सेवा समितिको ध्यानकेन्द्रको रुपमा अबस्थित छ । ५ बिगा क्षेत्रफलमा अबस्थित यस रमणिय भूमिमा मूल भवन, बगैंचा, पूर्ण कदको लक्ष्मी नारायण मुर्ति, महात्मा माहानन्द गुफा, हंस पोखरी, लगाएतका विविधता ले भरिएका संरचना रहेको छ।