यस जिल्लाको महाभारत पर्वत शृङ्खलालाई सुनगाभा तथा लालीगुराँसको प्राकृतिक सङ्ग्रहालयका रूपमा लिन सकिन्छ । विविध जाति तथा रङका लालीगुराँसका लागि समेत प्रसिद्ध यस क्षेत्रमा हालसम्म गरिएको अध्ययनअनुसार नेपालमा पाइने ३५० प्रजातिका सुनगाभा मध्ये १७५ प्रजाति सिमभन्ज्याङ क्षेत्रमा पाइएको छ ।