यो क्षेत्र चिसो पानीमा पाइने माछाका लागि प्रसिद्ध छ र यहाँ विभिन्न खनिज पदार्थहरू पनि पाइन्छन् । यो क्षेत्र प्राचीन कालदेखि नै उपत्यका र दक्षिण भारतको प्रमुख तीर्थस्थलहरू जाने प्रमुख पैदल मार्गको रूपले पनि चिनिन्छ । दक्षिणकाली–हेटौँडा सडकबाट वा थानकोट चित्लाङबाट वा त्रिभुवन राजपथको कुन्छाल–कुलेखानी सडकबाट यहाँ पुग्न सकिन्छ । यो स्थान हेटौँडा र काठमाडौँबाट करिव ४० कि.मि.को समदूरीमा पर्दछ । यहाँका प्रमुख पर्यटकीय स्थानहरू निम्न रहेका छन् ।