तस्बिर: शैलेस मानन्धर

नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकनयोग्य छन् । यस क्षेत्रमा हिउँदताका आगन्तुक चराहरू आउने गर्दछन्। राप्ती नदीमा आइबिसबिल (Ibisbill) जस्ता दुर्लभ चराहरूसमेतको अवलोकन गर्न सकिन्छ ।