The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

हेटौडालाई राम्रो बनाउन सरोकार केन्द्रको यस्तो छ ११ सुझाव



राष्ट्रिय समाचार   32 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ चैत्र १२ सोमबार  

चैत्र १२ सोमबार, हेटौडा । मकवानपुर जिल्ला र हेटौडा नगर क्षेत्रमा देखिएका आम सरोकारका विषय र २० बर्षे सवारी साधन हटाउने नेपाल सरकारको निर्णय पछि उत्पन्न भएका समस्याहरुका बारेमा आज जन सरोकार केन्द्र मकवानपुरले हेटौडा उपमहानगर पालिकाका मेयर हरी बहादुर महत, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ ।

हेटौडालाई राम्रो बनाउन सरोकार केन्द्रको यस्तो छ ११ सुझाव

#. उक्त ध्यानाकर्षण पत्रमा निम्नानुसार कुराहरु उल्लेख गरिएको छ । 

१) २०७४।१२।०१ गते देखि २० बर्ष पुगेका पुराना भाडाका सवारी साधनहरुलाई देश भरि चल्न नदिने भन्ने नेपाल सरकारको निर्णयले पुराना भाडाका सवारी साधनहरु हटाईएका छन । यसरि २० बर्ष पुगेका सवारी साधनहरु हटाई सकेपछि  बिशेष गरि हेटौडा उपमहानगर पालिकाका आसपासका वडाहरुबाट हेटौडा बजारसम्म आउनको लागि नियमित रुपमा पहिले चलिरहेका सवारि साधनहरु हट्दा र उक्त स्थानमा नयाँ सवारी साधनहरु प्रयाप्त मात्रमा नहुदा सर्वसाधारणहरुलाई आवत जावत गर्नको लागि समस्या परेकोले हेटौडा उपमहानगर पालिका, नारायणी यातायात व्यवसायी संघ, र टेम्पो यातायात व्यवसायी संघ लगायतका सरोकारवाला निकायहरु बसेर उचित सवारिको व्यवस्था गर्नको लागि ध्यानाकर्षण गराउदछौ ।

२)  हाल चलिरहेका सवारि साधनहरुले अनियन्त्रित भाडा लिएका समाचारहरु सार्वजनिक भए पछि भाडाको दररेट तोक्दा टेम्पोको भाडा दर पहिले २० बर्ष पुगेका भाडाका सवारिहरु चलि रहेको अवस्थाको भन्दा बढी तोकिएको र भाडादर तोक्दा एक जना चढदा र एक भन्दा बढी मानिस चढदा कति लिने भन्ने कुरालाई मापदण्ड बनाउनु पर्नेमा एकमुष्ट भाडा दर तोकिएको भनि अन्यौल कायम भएकोले यस तर्फ सम्बन्धित सरोकारवाला सबै पक्षसंग सरसल्लाहा गरि पुनरबिचार गर्नु पर्ने आवश्यक्ता देखिएकोले ध्यानाकर्षण गराउदछौ । 

३) हेटौडा उपमहानगरपालिका र आसपासका क्षेत्रमा चलिरहेका अटोरिक्सा, टेम्पो र बिद्युतिय रिक्सामा चढने यात्रुहरुको सुरक्षाको लागि बिद्युतिय रिक्साहरुलाई नगरपालिकामा वार्षीक रुपमा अनिवार्य नविकरण गरि यात्रु बिमा गराउन र बिमा नगरेका अन्य यातायातका साधनहरुलाई समेत बिमा गराउने तर्फ उचित व्यवस्थापनमा सहयोग गर्न गराउन पहल गर्न सहयोग गर्न ध्यानाकर्षण गराउदछौ । 

४) हेटौडा नगरको १२, १३ र १४ न. वडामा जाने आउने मुल सडकहरुलाई आउदो बर्षात अगाडी नै व्यवस्थित  बनाउन ध्यानाकर्षण गराउदछौ । 

५) नगर क्षेत्र भित्र संञ्चालनमा रहेका क्रशर उद्योगहरुलाई मापदण्ड बनाएर मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराउदछौ ।

६) कुखुरा पालन व्यवसायलाई निश्चित मापदण्ड बनाई छरछिमेकलाई अशर नपर्ने गरि व्यवस्थापन गर्न र निश्चित समय र स्थान तोकि व्यवस्थित वनाउने तर्फ निति नियम निर्माण गर्न ध्यानाकर्षण गराउदछौ ।

७) हेटौडा नगर क्षेत्र भित्रको घरको नक्सापास सम्बन्धमा आम नागरिकले धेरै समय धाउनु पर्ने अवस्थालाई उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराउदछौ ।

८) पेटी मासेर बाटो बनाउने र बाटोमा सवारि पार्कीङ्ग गरि सडक साँगुरो बनाउने कार्यलाई तुरुन्त रोक्नको लागि हेटौडा उपमहानगरपालिकाले सम्बन्धित सुरक्षा निकायसंग समेत सहकार्य गरि बाटो खालि गराउने कार्य गर्न ध्यानाकषर्ण गराउदछौ ।

९)  हेटौडा बजारमा फुटपाथमा व्यापार गर्न नदिने गरि नगरपालिकाले फुटपाथ खाली गरेको कार्य राम्रो भए पनि कतिपय पसलहरुले पुनः सडक पेटीलाई अतिक्रमण गरि व्यवसाय सञ्चालन गरेको र आम सर्वसाधरणलाई पेटीमा हिडन अफ्ठेरो भएको गुनाासो छ । फुटपाथका व्यवसायीहरुलाई हटाई सकेपछि पुन सडकपेटीलाई अतिक्रमणमा पर्नदिने कार्यले विभेद समेत हुने हुँदा पेटी अतिक्रमण गर्नबाट रोक्न ध्यानाकर्षण गराउदछौ ।

१०) हेटौडा नगर क्षेत्र भित्र भएका सबै बिकाश निर्माणका कार्यहरुलाई समेत समावेश गरि मासिक रुपमा खर्च विवरण सार्वजनिक गरि सर्वसाधरणलाई जानकारि गराउदा उपयुक्त हुने र पारदर्शितामा ३ न. प्रदेशको राजधानी हेटौडामा रहेको हेटौडा उपमाहानगरपालिकाको यस्तो कार्यले अन्य नगरपालिकाहरुलाई समेत दवाव श्रृजना हुनेहुदा यस्तो अनुसरण योग्य कार्य गर्न ध्यानाकर्षण गराउदछौ । 

११) हेटौडालाई प्लाष्टिक मुक्त क्षेत्र भनि पटकपटक निर्णय गरिए पनि व्यवहारमा प्रभावकारि रुपमा कार्यान्वयन नभएकोले यस तर्फ उचित र प्रभावकारि कदम चाल्न ध्यानाकर्षण गराउदछौ ।

        भन्ने कुराहरु समावेश गरिएको छ भने नारयाणी यातायात वयवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र र टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई बुझाईएको ध्यानाकर्षण पत्रमा चाँडो भन्दा चाँडो सवारि साधनको व्यास्थापन गर्न ध्यानाकर्षण गराईएको छ ।

 ध्यानाकर्षण पत्र बुझाउन जन सरोकार केन्द्र मकवानपुरका अध्यक्ष् ध्रुब प्रसाद चौलागार्इ, सदस्यहरु क्रमशः प्रदिप कोर्इराला, बालकृष्ण चौलागार्इ, बिनोद रिजाल, बालकृष्ण अधिकारी , बासु कार्की, यादब गजुरेल, नानीमैया बिष्ष्ट, सुधिर थापा, प्रमिला केसी, सुदिप सिवाकोटी,  अप्सरा बस्नेत, उदय चौलागाई समेतको उपस्थिति रहेको थियो ।

 ध्यानाकर्षपत्र बुझदै मेयर र अध्यक्ष ज्युहरबाट समयमा नै  यी कुराहरको समस्या समाधानार्थ लाग्ने र पहिले पनि लागि रहेको जानकारि गराउनु भएको थियो ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224828   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top