The first website dedicated to the people of clean and green city Hetauda.
logo
राष्ट्रिय समाचार

धमिलो पानीमा माछामार्ने दाउ-सभामुख श्रेष्ठ



राष्ट्रिय समाचार   15 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ चैत्र १७ शनिवार  

चैत्र १७ शनिवार,हेटौडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को चौथो अधिवेशन आज सम्पन्न भएको छ । प्रमु्ख अतिथि ३ न. प्रदेश सभामुख सानुकुमार श्रेष्ठले कार्यक्रमलाई उद्घाटन गर्दै प्रेदश कानुनहरु निर्माण हुनेक्रममा केही अप्ठ्याराहरु आउने बताए ।

धमिलो पानीमा माछामार्ने दाउ-सभामुख श्रेष्ठ

सबै राजनीतिक दलहरु र पत्रकारहरुले समृद्ध समाज निर्माण गर्नको लागि आफ्नो ठाउँबाट जिम्मेवारीको साथ लाग्न प्रमुख अतिथि श्रेष्ठले अनुरोध गरे । धमिलो पानीमा माछा मार्न दाउ खोज्नेहरुप्रति सबै सचेत नागरिक सजग हुर्नुपर्ने सभामुख श्रेष्ठको भनाई थियो । 

पछिल्लो समयमा विभिन्न जातजातिबीचको कटुतालाई मध्यनजर गर्दै सभामुख श्रेष्ठले भने, सबै धर्मको मुल सार एउटै हो जसको चेतनाको स्तर जति छ उसले त्यस्तै व्यवहारमा देखाउछ । पत्रकारले समाज परिवर्तनको निम्ति थप सकरात्मक भूमिका खेल्ने समय आएको समेत सभामुखको भनाई थियो । 

फोनिज मकवानपुरका अध्यक्ष पुर्णिमा गोलेको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थ थापा मगर,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, तामाङ घुदुङ संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, फोनिज मकवानपुरका भुतपुर्व अध्यक्ष कुमार नेगी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमैया विष्टले शुभकामना मन्तव्य राखेका थिए । 

कर्याक्रममा पे्रस चौतारीका प्रदेश सदस्य धर्मेन्द दाहाल, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरका अध्यक्ष रुपा गुरुङ,स्वतन्त्र पत्रकार संघका सुरेश श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतम, किरात राई यायेक्खा मकवानपुरका अध्यक्ष केवि राई, दनुवार जागरण समितिका कृष्ण बहादुर राई दनुवार, थारु कल्याणकारी समाजका हरिलाल चौधरी, नेपाल वोटे समाजका दिल बहादुर बोटे लगायतका अतिथिहरु रहेका थिए ।   






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224817   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top