The first website dedicated to the people of clean and green city Hetauda.
logo
विश्व

जहाजभित्रै बच्चा जन्मियो



विश्व   184 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ आषाढ ०८ बिहीवार   

आषाढ ०८ बिहीवार, हेटौंडा । जब महिलाले जहाजभित्रै बच्चा जन्माइन् तर कोचीका लागि उडेको उक्त जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो उनलाई आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि ।

जहाजभित्रै बच्चा जन्मियो

साउदी अरेबियाबाट भारत आउँदै गरेको जेट एयरवेजको विमान ३५ हजार फिट माथि आकाशमा उडिरहेको बेलामा विमानमा रहेकी एक महिला यात्रुले छोरा जन्माइन् ।

प्लेनलाई डाइभर्ट गरी मुम्बइ ओह्रालेलगत्तै नवजात शिशु र सुत्केरी महिलालाई तत्कालै अस्पताल लगियो । उनीहरु स्वस्थ रहेको एयरलाइन्सले जनाएको छ ।१६२ जना यात्रु बोकेर अरेबियन सागरमाथिका आकाशमा विमान उडिरहेको अवस्थामा ती महिलालाई एक्कासी व्यथा लागेपछि जहाजका चालक दलका सदस्यहरुले जहाजका यात्रुहरुलाई सार्वजनिक अनुरोध गरे । यात्रुहरुमध्ये यदि कोही पेशाले चिकित्सक भएमा अगाडि आएर ती महिलालाई बच्चा जन्माउन सहयोग गर्न अपिल गरियो । उक्त जहाजमा कुनै डाक्टर त रहेनछन् तर भाग्यवस विल्सन नामकी एक नर्स रहिछन् । जहाजका महिला स्टाफसँगै ती नर्सले ती महिलाको सुत्केरी गराइन् र सफलतापूर्वक बच्चा जन्मियो ।

अन्ततः जहाजभित्र जन्मिने दुर्लभ बच्चाहरुको सूचीमा पर्न सफल उक्त शिशुका लागि जेट एयरले गज्जबको उपहार घोषणा गरेको छ । जस अनुसार उक्त बालकले आफ्नो जिवनभर जेट एयरमा निःशुल्क यात्रा गर्न पाउनेछ ।

समाचार अनुसार जेट एयरवेजको उडानभित्र बच्चा जन्मिएको यो पहिलोपटक हो । त्यसैले आफ्नो उडानमा जन्मिएको पहिलो बच्चालाई जिन्दगीभर सित्तैमा टिकट दिन पाउँदा एयरलाइन्सले खुसी व्यक्त गरेको छ । एजेन्सी






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224807   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top