The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय तह निर्वाचन

तेश्रो चरणको निर्वाचनमा होमिए राजनीति दल : पैसा बाडेर नारा रटाउने उम्मेद्वारहरु पनि



स्थानीय तह निर्वाचन   136 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ भाद्र २५ आइतवार  

भाद्र २५ आइतवार, बारा । आसन्न स्थानिय तहको तेश्रो चरणको निर्वाचनमा होमिएका नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओबादि केन्द्र, राजपा, राप्रपा, जनमोर्चा लगाएत सबै राजनितिक दलहरुले आफ्नो चुनावि प्रचारप्रसारलाई तिब्र बनाएका छन् । जतातै झण्डा, पर्चा टासेर, तथा पार्टिको चुनावचिह्न अंकित टिसर्टहरु बाडेर प्रचारप्रसार भैरहेका छन् ।

उम्मेद्वारहरु मतदाता भेटघाट तथा घरदैलामा ब्यस्त छन् भने कार्यकर्ता तथा समर्थकहरु पार्टिले तेल उपलब्ध गराएकाले मोटरसाईकल तथा अन्य सवारिसाधनमा झण्डा ठड्याएर र्रयाली तथा प्रचारप्रसार गरिरहेका छन् । पार्टिका झण्डा लगाएर एउटै मोटरसाईकलमा ३ देखी ४ जनासम्म चढेर प्रचारप्रसारमा लागीरहेका छन् । प्रचारप्रसारको लोभमा आफ्ना कार्यकर्ताको यस्तो हर्कतलाई बढावा दिने नेता तथा उम्मेद्वारहरुले भावि दिनमा नगर तथा गाउबस्तिलाई कसरी ब्यवस्थित बनाउलान् ? भन्ने शर्वसाधारणले टिप्पणि गर्न थालेका छन् । पैसा बाडेर नारा रटाउने उम्मेद्वारहरु पनि छन् । 

निर्वाचन आयोगको आचारसंहिताको धज्जि उडाएर नेता कार्यकर्ताहरु चुनावि महोल बनाईरहदा जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय, लगाएत सबै सरोकारवाला निकाय मौन छन् । आचारसंहिता उल्लंघन हुने खालको उत्तश्रृंखल गतिबिधि नगर्न अनुरोध गर्ने निकायले गाउशहरमा खुलेआम भैरहेको आचारसंहिता उल्लंघनको बिरुद्धमा कार्वाहि गर्न सकेको छैन । प्रचारप्रसारको नाममा अराजक गतिबिधि नै भैरहेको भन्दै उनले सम्बन्धित निकाय चुपचाप बसेको प्रति आपत्ति जनाए । 

उता जिल्ला निर्वाचन कार्यालय बाराका अधिकृत नरेश सर्राफले आचारसंहिता उल्लंघनका बिषयमा कार्यलय मौन नरहेको बताउनुभएको छ । आजको मितिसम्म केहि मौखिक उजुरीहरु आएपनि प्रमाणसहितको उजुरी नआएकाले कार्वाहि गर्न नसकिएको सर्राफले बताउनुभयो । राजनितिक दलका शिर्ष नेताहरुले नै बनाएको आचारसंहिताको उल्लंघन तिनै दलहरुबाट भैरहेको हुदा त्यसको रोकथाम गर्न नसकिएको उहाले बताउनुभयो । एउटामात्र नभई सबै दल तथा उम्मेद्वारहरुबाट आचारसंहिता उल्लंघन भैरहेको स्विकार्दै उहाले आफुहरु निदायर भने नबसेको दाबि गर्नुभयो ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224815   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top