The first website dedicated to the people of clean and green city Hetauda.
logo
स्थानीय तह निर्वाचन

सिमरा क्षेत्रमा बिस्फोटका घटना बढे : प्रहरी द्वारा सुरक्षाव्यवस्थामा कडाई



स्थानीय तह निर्वाचन   76 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ भाद्र २५ आइतवार  

भाद्र २५ आइतवार, बारा । नेकपा एमाले बाराका युवा नेता एवं जितपुरसिमरा उपमहानगरपालिक वडा नम्बर १६ का उम्मेद्वार रमेश सापकोटको टांगियाबस्ति स्थीत घरमा तथा एमाले निजगढ नगर कमिटी सदस्य एवं महिला नेतृ शोभा राउतको घर पछाडीको केराबारीमा शुक्रबार राति अपराधिक समुहद्धारा सिलीन्डर बम बिस्फोट गराइएको भन्दै एमाले जिल्ला कमिटि बाराले घटनाको घोर भत्र्सना गरेको छ ।

सिमरा क्षेत्रमा बिस्फोटका घटना बढे : प्रहरी द्वारा सुरक्षाव्यवस्थामा कडाई

यहि असोज २ गते हुने स्थानियतहको निर्वाचनमा एमालेको पक्षमा जनलहर श्रृजना भएको र एमाले नै निर्वाचित हुने डरले अपराधिक मनोबृत्तिबाट प्रेरित भई सो घटना घटाइएको एमाले बाराले ठहर गदै उक्त घटनाको भत्र्सना गरेको एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले बताउनु भयो । साथै यस्ता अपराधिक गतिबिधीबाट बिचलित नभइ अघि बढ्न सम्पुर्ण पार्टीका कार्यकर्ताहरुलाइ आह्वान गर्नुभयो । सम्बन्धित पक्षलाई त्यस्ता अपराधिक गतिबिधी तत्काल बन्द गर्न र स्थानिय प्रसासन तथा सरकारलाइ शान्ति–सुरक्षाको ब्यवस्था मिलाइ नागरीकलाइ भयरहित बातावरण सृजना गर्न नेकपा एमाले प्रचार बिभाग प्रमुख पौडेलद्धारा जारी बिज्ञप्तिमार्फत माग गरिएको छ । 

यसैबिच आज बिहान पनि सिमरा क्षेत्रमा बिस्फोटको आवाज सुनिएको छ । बिहान २ बजेर ५८ मिनेट जादा बिस्फोटको आवाज सुनिएपनि अहिलेसम्म केहि पत्ता लागेको छैन । आवाज सुनिएलगतै घटनाको यथार्थबारे खोजि गर्न निस्किएको प्रहरी टोलीले पनि कहि केहि नभेटेको ईलाका प्रहरी कार्यालय का प्रहरी निरिक्षक गोबिन्द कार्किले जानकारी दिनुुभयो । बिस्फोटक पदार्थ नै बिस्फोट भएको हुनसक्ने प्रहरीको आंकलन छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224795   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top