Hetauda Online - कविता: स्पर्श
The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

कविता: स्पर्श


कला साहित्य 148 पटक पढिएको डा.झमक घिमिरे २०७४ श्रावन ०८ आइतवार


कविता: स्पर्श


श्रावन ०८ आइतवार, हेटौंडा । जीवनलाई मैले सृष्टिको सबैभन्दा सुन्दर फूलको रूपमा बुझेकी छु यसलाई सार्थक र उपलब्धिमुलक बनाउन मान्छेले मान्छेको मुल्य बुझेर आम मान्छेको हितमा काम गर्न आबस्यक छ । डा.झमक घिमिरे

कविता: स्पर्श 


म यौटा ब्रह्म मुहूर्तमा आफैं चोखिएर 

न्यानो स्पर्श गर्छु तिमीलाई 

जो कसैले नछोएको होस् 

जो कसैले नचलाएको होस्

त्यो चोखो र पवित्र होस् 

वासल्यमय होस्

म सहस्र ब्रह्मा अश्रुको समुन्द्र बगाएर 

स्वयं तिमीसँग विलय हुन्छु 

त्यसपछि मन कञ्चन र निर्मल बनोस् 

लालिमाको किरणले पहिलो स्पर्श गर्दा

त्यही लालिमा जस्तै रातो होस् 

र, रक्तिम बनेर बगोस् समय 

जहाँ तिमी र म एकाकार बनेर बग्न सकुँ!

धनकुटा -६ कचिडे!





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697576 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top