Hetauda Online - यथार्थवादी एक गजलमा: युवा गजलकार कविन्द्र
The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

यथार्थवादी एक गजलमा: युवा गजलकार कविन्द्र


कला साहित्य 63 पटक पढिएको कविन्द्र घिमिरे २०७४ श्रावन १३ शुक्रवार


यथार्थवादी एक गजलमा: युवा गजलकार कविन्द्र


श्रावन १३ शुक्रवार, हेटौंडा । युवा गजलकार कविन्द्र घिमिरे बिशेषत सामाजिक र यथार्थवादी गजल लेख्ने सशक्त गजलकार हुन । उनको गजलमा जीवन र जगतका भोगाईलाई वास्तविक चित्रण गरिएको पाईन्छ ।

ककनी गाँउपालिका २ नुवाकोट स्थाई घर भएका कविन्द्र पिता भोजराज घिमिरे र माता रोजकुमारी घिमिरेका कान्छा सुपुत्र हुन । उनको कैफियत २ संयुक्त गजल प्रकाशित छ, भने विभिन्न पत्रिकाहरुमा फुटकर रुपमा विभिन्न रचनाहरु प्रकाशित भएका छन् ।वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका कविन्द्र हाल सरकारी सेवामा कार्यरत छन ।

गजल


कर्कलाको पातमा अडेको पानी सम्झेर ।

उ निराश भएछ आफ्नै जिन्दगानी सम्झेर ।


आमाले मेलाको खाजा पोल्टामै राखिन्,,

घरमा भएको त्यो सानो नानी सम्झेर ।


देश भक्त सिपाही यसरी सुतिरहेछ,,

बन्दुक लाई मुलायम सिरानी सम्झेर ।


अलि पछि तिमी पक्कै पछुताउने नै छौ,,

सदुपयोग नभएको जवानी  सम्झेर ।


पन्ध्र नपुगेकी छोरी सुइकुच्चा ठोकिछ,

बा बसेका थिए छोरीलाई सानी सम्झेर ।।






कमेन्टसहरु



लोकप्रिय



12809227 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top