The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

कविता: कामरेड


कला साहित्य 202 पटक पढिएको डा.झमक घिमिरे २०७४ श्रावन २४ मंगलवार


कविता: कामरेड


श्रावन २४ मंगलवार, हेटौंडा । समयले जायज आवाज नसुनेपछि विद्रोह जन्मिन्छ ! आजका लेखकले समय, समाज विचार, कलालाई बोक्नुपर्छ यसै विषयमा केन्द्रित हुनुपर्छ दिशानिर्देश पनि यही हो ! डा.झमक घिमिरे

कामरेड!


ओ कामरेड !

हाम्रा इतिहासमा वर्जित

रगतका भलहरू बगाएर 

त्यति नै अग्ला लाशका पहाडहरू ठड्याएर

तिमी जन्मेकी थियौ

तिमी जन्मेपछि हाम्रा बुढा आँखाहरूमा

उज्यालाका सपनाहरू नाच्न थालेका थिए 

तिम्रा कलिला हत्केलाले स्पर्श गर्दा 

असिम आनन्दको अनुभूति हुन्थ्यो मनहरूलाई,

हामीले आस्थाको पहाड उभ्यायौं तिमीसँग 

स्वर्णिम भबिष्य देख्यौं तिमीमा 

समताको बीज रोप्यौं तिम्रो मनमा

अन्यास तिमीले यी स्नेहहरूलाई भत्काएर 

हाम्रा आस्थाहरूलाई ढालेर 

नोटले डुङ्ग गनाएको फोहोरी भेल 

हाम्रा पवित्र श्रावणीमा मिस्यौ 

तिमी त्यहीँसँगै बग्ने छौ 

ए! श्रावणी बगाइदेऊ यी फोहोर जम्मै,

ओ कामरेड !

हिजो तिमीले जनताको नाममा खाएको शपथपत्र 

आज थोत्रीएर मुसाले बच्चाहरू पारेका छन् 

त्यसका केही अंशहरू

रछ्यानमा सलबलाउँदै छन् 

र, उठाउँने छन् देवल

तिम्रै अगाडि नष्ट पार्नेछन् !

ओ कामरेड !

हिजोको आलो रगतसँग 

आज उम्रीएका छन् रक्तवीजहरू 

तिमीलाई सलक्कै निल्नेछन् 

तिम्रा स्वार्थका रोमानी सपनाहरू 

खोक्रा त्यागहरू 

नोटका बिटाहरूसँगै 

हाम्रा श्रावणीहरूले बगाइदिने छ्न् ।

धनकुटा -६ कचिडे





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901067 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top