The first website dedicated to the people of clean and green city Hetauda.
logo
कला साहित्य

डा. केसीको दिमाग ठीक छैन



कला साहित्य    73 पटक पढिएको   सुवास खनाल   २०७४ श्रावन २९ आइतवार  

श्रावन २९ आइतवार, हेटौंडा । २०४३ चैत २१ गते मकवानपुर, छतिवन ८ पावस मा जन्मनुभएका युवा कवि सुवास खनाल नेपाली गजल कथा निबन्ध लेखनमा समेत रुचि राख्नुहुन्छ ।

डा. केसीको दिमाग ठीक छैन

२०५५ सालबाट नियमित साहित्य लेखनआरम्भ गर्नुभएका खनालको नेपाली साहित्य बजारमा प्रकाशितकृतिको रुपमा विचारको उल्टो नदी नामक कविता सङ्ग्रह सवै पाठक माझ मन जित्त्दै छ । विशेषत कविता विधामा कलम चलाउने खनाल साहित्य सङ्गम मकवानपुरको अध्यक्ष हुनुहुन्छ । उहाँका कवितामा पाठकले पढ्न मूलत सामाजिक विषयमाथिको सहज उठान पाउँछन् । समकालीन साहित्य पाठकका निमित खनाल प्रेरणा र समाजमा हेपिएका, थिचोमिचोमा परेकाहरुको आवाज मुखरित हुनुपर्ने विचार पाईन्छ । शेषजङ्ग स्मृति कथा पुरस्कार प्राप्त खनालले धेरै कविता प्रतियोगितामा उत्कृष्ट हुन सफल हुनुभएको छ ।

कविता: डा. केसीको दिमाग ठीक छैन


डा. केसी सङ्लो हुनुपर्छ भन्छ सबैको मन

डा. केसी भन्छ बाँच्न पाउनुपर्छ सबैले

डा. केसी कात्रोमा गोजी सिउने हिसाब गर्दैन

डा. केसी उपल्लो र तल्लो निसाब गर्दैन

साँचोमा डा. केसीको दिमाग ठीक छैन 


अरे ओ

यो संसारमा सत्य बोलेर साध्य लाग्छ र ?

अरे ओ 

यो दुनियाँमा एक्लै हिँडेर कहीँ पुगिन्छ र ?

डा. केसी सत्य बोल्छु भन्छ

डा. केसी क‍ोही हिँड्न सकेनन् म एक्लै हिँड्छु भन्छ 


डा. केसी सूर्य हो र एक्लै उदाउनु ? 

डा. केसी पृथ्वी हो र एक्लै बिउँझिनु ?


साँचोमा डा. केसीक‍ो दिमाग ठीक छैन


डा. केसी ठूलो विरासतबाट आर्जेको कुर्सीलाई ख्यालख्याल ठान्छ

डा. केसी कुर्सीका नियतिहरू बुझ्दैन

अरे ओ

यो पुँजीबादी युगमा पैसो केही होइन भन्छ

इमान , इज्जत , स्वाभिमान र सेवाको कुरा गर्छ


साँचोमा डा. केसीको दिमाग ठीक छैन


डा. केसी गरिबलाई नि रोग लाग्छ भन्छ 

डा. केसी गरिबले नि पढ्न पाउनुपर्छ भन्छ

अरे ओ 

प्रधानमन्त्रीको फिलाको पिलोको उपचार देशमै सम्भव छ प‍ो भन्छ

अरे ओ 

दुखीका दुखका दाग एक्सरेहरूमा देखिन्छ भन्छ

अरे ओ

यो डाक्टर अमूर्त अमूर्त कुरा गर्छ


साँचोमा 

डा. केसीको दिमाग ठीक छैन


आजको समयमा नि

कमिसनजत्तिको मामुली कुरामा असन्तोष पोख्छ

बिचौलियाहरूको उछित्तो काढ्छ

माफियाले सत्ता चलाए भन्छ

अरे ओ 

यो युगमा नि असल असल कुरा गर्छ

अरे ओ 

लोकतन्त्रमा विभेद हुँदैन पो भन्छ


साँचोमा

डा. केसीको दिमाग ठीक छैन


डा.केसी गाउँ डुल्छ बिमारी खोज्छ 

सहरमा जस्तै गाउँमा नि रोग हुन्छ भन्छ 


यो डाक्टर अनेक अनेक सनकी कुरा गर्छ

साँचोमा डा. केसीको दिमाग ठीक छैन ।

साभारः: नव साहित्य 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13218393   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top