The first website dedicated to the people of clean and green city Hetauda.
logo
कला साहित्य

लघुकथा : श्रमको मूल्य



कला साहित्य    69 पटक पढिएको   देवकी केसी    २०७४ मंसिर १४ बिहीवार  

मंसिर १४ बिहीवार, हेटौंडा । तीन वर्षपछी अध्ययन पुरा गरी काठमाडौंबाट घर फककेको रुपकले आमाबुवाकको रीस र घृणा मिश्रित स्वरमा सबै गरगहना र लुगाफाटा कुम्ल्याएर उजेली अर्कैसँग हिडी, अब गरगहना र लुगाफाटा जति सबै फिर्ता ल्याउन पर्र्यो भनेको सुन्दा रुपकको मन झसंङ्ग भयो । उसका सारा सपनाहरु बालुवाको महलझै ढले अनायासै ।

लघुकथा : श्रमको मूल्य

उजेलीको निर्णयप्रति असन्तुष्ट घर र समाज उजेलीसँग आगो बनेको थियो । सामाजिक मर्यादामा दाग लगाउने चरित्रहिन आइमाइको संज्ञा दिई खुब गाली गर्दै थियो  समाजमा उजेलीले अन्तै घरबार जोडेको कुराले दुखित बनेको आफ्नो मनलाई उसले समाल्यो तर समाजले जस्तो  घृणा र आरोप उजेलीमाथी पोखेन । उसको मनमा उजेली प्रतिको श्रदामा अझै कमि भएको थिएन ।

परिस्थितीले टाढा हुँदा समुन्द्रका छालझै उर्लिएका उजेलीको मनको भावना परिवार र समाजको घेराभित्र कैद हुन चाहेन । त्यसैले त स्वतन्त्र रुपमा उजेलीले नयाँ जीवन गाँस्ने निर्णय रोजिन् । यसमा उजेलीको थाप्लोमा दोष थुपाएरेर आफुमात्र असल छु भन्ने अहमता राख्न चाहने रुपकले । उसले सोच्यो यो परिस्थिती आउँनुमा न त उजेली दोषी छिन् न त आफुनै यो त केबल समयले रचेको एउटा बाध्यताले उब्जाएको परिणाम थियो । 

आमाबुवा र समाजको उजेलीप्रतिको आरोप तीव्र भएपछी रुपकले आफ्नो तर्फबाट निर्णय सुनायो । उजेलीले किन यस्तो निर्णय लिइन त्यो त मलाई थाहा छैन ? तर हरेक मान्छेलाईझै जीवन जिउने स्वतन्त्रता उजेलीलाई पनि छ । उनको निर्णयबाट उनलाई खुसी मिलेको छ भने हामी किन दुखित हुने ? 

उजेलीले यतिका वर्ष हाम्रा घरमा जुठाभाडा सफा गरेर, दैलो लिपेर र घाँसपात गरेर बिताइन खोइ त उनको श्रमको मूल्य ? हामीले त उनको भावना र श्रमको समेत सम्मान गर्न सकेनौ । महिलाका घरेलु श्रमको मूल्याङ्कन गर्नु जरुरी छ । उजेलीले आफुसँग लगेका गरगहना र लुगाफाटा जति मेरो तर्फबाट उजेलीको श्रमको मूल्य भयो म त्यसलाई मुद्दा हालेर फिर्ता ल्याउने पक्षमा छैन । आगोझै दन्किरहेको परिवार र समाजमा रुपकले उजेली प्रति गरेको निर्णय सुनेर मौनता छायो । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224274   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top