The first website dedicated to the people of clean and green city Hetauda.
logo
कला साहित्य

आँचलमा सविताका पाँच कविता



कला साहित्य    141 पटक पढिएको   हेटौंडा अनलाईन   २०७४ माघ २० शनिवार  

हेटौंडा,२० माघः आँचल साहित्य कला पुञ्जको मासिक भेटघाट तथा रचना वाचनमा आज शनिबार कवि सविता तिमल्सिनाका ५ वटा कविता प्रस्तुत भएका छन् । कवि तिमल्सिनाले निद्रा, आमा भोट उहाँलाई दिनुस्, हुरी चलिरह्यो, बाल्यकाल र काँडा शिर्षकका कविता प्रस्तुत गर्नुभएको थियो ।

आँचलमा सविताका पाँच कविता

आँचल साहित्य कला पुञ्जको मासिक भेटघाट तथा रचना वाचनमा आज शनिबार कवि सविता तिमल्सिनाका ५ वटा कविता प्रस्तुत भएका छन् । कवि तिमल्सिनाले निद्रा, आमा भोट उहाँलाई दिनुस्, हुरी चलिरह्यो, बाल्यकाल र काँडा शिर्षकका कविता प्रस्तुत गर्नुभएको थियो । 

कवि तिमल्सिनाका यि कवितामाथि साहित्यकार निरा शर्माले टिप्पणी गर्नुभयो । कवितामाथि आफ्ना धारणा राख्दै उहाँले प्रस्तुत ५ कविता सुनेपछि कवि तिमल्सिनालाई मकवानपुरको आशालाग्दो प्रतिभाको रुपमा आफूले पाएको भन्नुभयो । उहाँको प्रस्तुतीका अतिरिक्त कार्यक्रममा पूर्णकला घिमिरे, भावना सापकोटा, शान्तिप्रियबन्दना, अमृता नेपाल, शुभलक्ष्मी विश्वकर्मा, कमला ब्लोन, मिना श्रेष्ठ, अनु रोक्का, अनिशा पुडासैनी, निर्मला ब्लोन लगायतले रचना वाचन गरेका थिए । 

साहित्यमा क्रियाशील नारीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ स्थापित आँचल साहित्य कला पुञ्जले हरेक महिनाको तेस्रो शनिबारका दिन नियमित रुपमा रचना वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ । साहित्य संगम मकवानपुरको सभाकक्षमा सञ्चालित कार्यक्रममा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको सभाध्यक्षता रहेको थियो ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224301   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top