Hetauda Online - मोतिहारी अमलेखगन्ज पाइपलाइमा: अवको २ बर्षमा तेल
The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

मोतिहारी अमलेखगन्ज पाइपलाइमा: अवको २ बर्षमा तेल


अर्थ/बाणिज्य 182 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन १२ बिहीवार


मोतिहारी अमलेखगन्ज पाइपलाइमा: अवको २ बर्षमा तेल


२०७४ श्रावन १२ बिहीवार, हेटौंडा । झन्डै २० वर्षदेखि चर्चामा रहेको पाइपलाइन निर्माणको काम दुई महिनापछि सुरु हुने भएको छ । पेट्रोलियम पाइपलाइन मोतिहारीदेखि अमलेखगन्जसम्म बन्ने भएको हो। पाइपलाइन विस्तार गर्ने बाटोमा पर्ने टेलिकम र विद्युत् प्राधिकरणका पोल हटाउने काम अन्तिम चरणमा पुगेकाले बाटो खन्नेसँगै पाइपलाइन बिछ्याउने काम दुई महिनापछि हुने भएको हो ।

पाइपलाइन विस्तार गर्ने बाटोमा पर्ने टेलिकम र विद्युत् प्राधिकरणका पोल हटाउने काम अन्तिम चरणमा पुगेकाले बाटो खन्नेसँगै पाइपलाइन बिछ्याउने काम दुई महिनापछि हुने भएको हो ।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय अमलेखगन्जले रक्सोल–अमलेखगन्ज बाटोमा पर्ने ४ सयवटा बिजुली र टेलिकमका पोल हटाउनुपर्ने जनाएको छ । त्यस्तै सोही बाटोमा पर्ने २५ हजार वटा रुख काट्नुपर्ने छ । पाइपलाइन बिछ्याउने बाटो खन्दा सडकको सम्भावित क्षतिका लागि सडक डिभिजन कार्यालयलाई ८ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको कार्यालयका क्षेत्रीय प्रमुख प्रदीपकुमार प्रमुख यादवले जानकारी दिए । पाइपलाइन विस्तार गर्न ३ सयवटा घरसमेत हटाउनुपर्ने भएको छ ।

पहिलो चरणमा भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म ६९ किलोमिटर पाइपलाइन विस्तार हुनेछ । मोतीहारीदेखि रक्सोलसम्म आईओसीले निर्माण गर्ने र रक्सोलदेखि अमलेखगन्जसम्म नेपालले निर्माण गर्नेछ । नेपालतर्फ ३६ किलोमिटर दूरी पर्छ ।

मोतिहारीदेखि रक्सोलसम्म ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगन्जसम्मको दूरी ३६ किलोमिटर रहेको छ । पाइपलाइन निर्माणको कुल लागतको ३० प्रतिशत नेपाल आयल निगम र बाँकी आईओसीले बेहोर्ने छन् ।

यसअघि रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइन विस्तार गर्ने भनिएकोमा हाल आएर भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म विस्तार गरिने भएको हो । पाइपलाइन विस्तारका लागि आईओसी र निगमको संयुक्त २ अर्ब ७५ करोड लागत रहेकोमा थप भएर ३ अर्ब पुगेको रक्सोल–अमलेखगन्ज पेट्रोलियम परियोजनाका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए ।

आईओसीले सन् २०१७ मा काम सुरु गरेर २०१८ मा सक्ने लक्ष्य राखेको छ । नेपाल र भारत सरकारबीच दुई वर्षअघि नै पाइपलाइन विस्तार गर्ने सम्झौता भए पनि अहिलेसम्म काम अगाडि बढ्न सकेको छैन । पहिलो चरणमा मोतिहारीदेखि अमलेखगन्ज र दोस्रो चरणमा अमलेखगन्जदेखि चितवनसम्म पाइपलाइन विस्तार गरिने बताइएको छ ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697584 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top