Hetauda Online - स्टान्डर्ड चार्टर्डको एफपीओ २०७४ बैशाख २५ गते सोमबार बाँडफाँट हुँदै
The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ / वाणिज्य

स्टान्डर्ड चार्टर्डको एफपीओ २०७४ बैशाख २५ गते सोमबार बाँडफाँट हुँदै


अर्थ / वाणिज्य 136 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २५ सोमबार


स्टान्डर्ड चार्टर्डको एफपीओ २०७४ बैशाख २५ गते सोमबार बाँडफाँट हुँदै

हेटौंडा अनलाईन स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ सोमबार बाँडफाँट हुने भएको छ । यसअघि शुक्रबार बाँडफाँट गर्ने अन्तिम तयारी भइरहँदा बिक्री प्रबन्धकले आस्वाको डाटा भेरिफिकेसनमा समस्या भएको भन्दै रोकेको थियो ।

ठूलोमात्रामा आवेदकलाई रद्द गर्नुपर्ने भएकाले शुक्रबार बाँडफाँट हुन नसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दाबी गरेको छ । यतिबेला सबै समस्या समाधान भइसकेको छ । अब बाँडफाँट मोडेल धितोपत्र बोर्डमा पठाइँदैछ । बोर्डबाट अन्तिम स्वीकृति आउने र त्यसपछि सोमबार बाँडफाँट गरिने बिक्री प्रबन्धकले जानकारी दिएको हो । तर धितोपत्र बोर्डबाट जसरी भए पनि आजै बाँडफाँट गर्न निर्देशन आएमा साँझसम्म बाँडफाँट हुन सक्छ, तर यो सम्भावना अत्यन्त कम छ, बिक्री प्रबन्धक एनएमबि क्यापिटलसम्बद्ध अधिकारीले भने । 

यसअघि धितोपत्र बोर्डले शुक्रबारभित्र बाँडफाँट गरिसक्न अन्तिम समयसिमा दिएको थियो । चार्टर्डको एफपीओ बाँडफाँट भएपछि बजारमा तरलता सहज हुनुका साथै लगानीकर्तालाई समेत फाइदा पुग्ने बोर्डको भनाई छ । चार्टर्डको एफपीओमा २ लाख २५ हजार भन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका छन् । चार्टडले चैत १ गते देखि ४ गते सम्म २५ लाख ५८ हजार १४० कित्ता एफपीओको बिक्री खुला गरेको थियो । चुक्ता पुँजी बढाउनेक्रममा चार्टर्डले एफपीओ रोजेको हो । एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ । चार्टर्डले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड एक लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४८ पैसा वार्षिक रहेको चार्टर्डको प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ २९ पैसा छ ।  

चार्टर्डको एफपीओमा २ लाख २५ हजार भन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका छन् । चार्टडले चैत १ गते देखि ४ गते सम्म २५ लाख ५८ हजार १४० कित्ता एफपीओको बिक्री खुला गरेको थियो ।



कमेन्टसहरु





12415665 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top