Hetauda Online - आजको राशिफल
The first website dedicated to the people of clean and green city Hetauda.
राशिफल

आजको राशिफल


राशिफल 169 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २५ बुधवार


आजको राशिफल


श्रावन २५ बुधवार, हेटौंडा । वि.सं. २०७४ साल साउन २५ गते। बुधबार। इश्वी सन् २०१७ अगस्ट ९ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वितीया, २३:५५ बजेउप्रान्त तृतीया।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। 

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ। 

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आँटेको काम सम्पादन हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम प्रारम्भ होला। दिन उत्साहपूर्ण रहला। अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।  

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। चिताएको काम समयमा सम्पादन नहोला। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। 

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

हिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। तर, समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। सहयोगीरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले बल्झिन सक्छ। फजुल खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। तापनि, आंशिक लाभ भने मिल्नेछ। 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। 

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पहिलेको सफलताले महत्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। आफ्ना कमजोरी सार्वजनिक हुन सक्छन्। अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुने काममा जग बसाउने अवसर जुट्नेछ। 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। 





कमेन्टसहरु



लोकप्रिय



12809179 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top