Hetauda Online - आजको राशिफल
The first website dedicated to the people of clean and green city Hetauda.
राशिफल

आजको राशिफल


राशिफल 17 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन २७ शुक्रवार


आजको राशिफल


श्रावन २७ शुक्रवार, हेटौंडा । वि.सं. २०७४ साल साउन २७ गते। शुक्रबार। इश्वी सन् २०१७ अगस्ट ११ तारिख। नेपाल संवत् ११३७ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– चतुर्थी, २२:४२ बजेउप्रान्त पञ्चमी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

नियमित खर्चले आर्थिक अभाव देखा पर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तापनि चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। रोकिएका काम बन्नेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आम्दानीका स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। पदासीन व्यक्तिहरूसँग संघर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ने समय छ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। 

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। चिताएको मूल्य प्राप्त नभए पनि राम्रै फाइदा हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

स्वास्थ्य कमजोर बन्नुका साथै उपचारमा खर्च हुन सक्छ। हुलमुलमा धनमाल गुम्न सक्छ। तापनि बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा सामान्य लाभ अवश्यै हुनेछ। तत्कालका आवश्यकता पूरा गर्न सकिनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। नयाँ काममा हात हाल्न समय पर्खनुहोला। 

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। विभिन्न सहयोग र उपहार पनि प्राप्त हुने समय छ। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा सम्मानसमेत प्राप्त हुनेछ। 

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। धैर्य एवं विवेकले काम लिने चेष्टा गर्नुहोला। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला। 

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले अध्ययनमा पनि प्रगति हुनेछ। रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। 

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ईर्ष्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार-व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। कर्यक्षेत्रमा हूलमूल बढ्नाले काममा समस्या पर्ला। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहनेछ। शक्तिका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। सरकारी कामकाजमा अलमल हुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697594 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top