The first website dedicated to the people of clean and green city Hetauda.
सूचना/जानकारी

अक्षयकोष स्थापना गर्न रु. एक सय अभियान


सूचना/जानकारी 31 पटक पढिएको शुभलक्ष्मी विश्वकर्मा २०७४ श्रावन २६ बिहीवार


अक्षयकोष स्थापना गर्न रु. एक सय अभियान


श्रावन २६ बिहीवार, हेटौंडा । पाख्रीबास कला साहित्य समाजले अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ “एक सय अभियान” सुरु गरेको छ । धनकुटाको पाख्रीबास नगरपालिकास्थित कला साहित्य क्षेत्रमा सक्रिय उक्त संस्थाले सुरु गरेको राष्ट्रिय पुरस्कारलाई निरन्तरता दिने उद्देश्यले अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरेको जनाएको छ ।

स्थानीय स्तरमा स्रष्टा भेटघाट, रचनावाचन तथा प्रतियोगिताहरू आयोजना गर्दै आएको संस्थाले हरेक वर्ष कविता, गजल र गीत सङ्गीत विधामा एक-एक गरी तीन वटा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । यसका साथै कला साहित्यमा विशेष योगदान पुर्रयाउने दुई जनालाई पाख्रीबास कला साहित्य सम्मानद्वारा सम्मान पनि गर्दै आएको छ । कार्यक्रमलाई निरन्तरता दिन सहयोग पुर्रयाउने उद्देश्यका साथ यस संस्थाका लागि अक्षय कोष स्थापनाको अभियानको रुपमा “रु एक सय अभियान” सञ्चालन गरिएको पाख्रीबास कला साहित्य समाजका अध्यक्ष रोशन परियारले जानकारी दिनुभयो । उहाँँले देश-विदेशमा रही कला साहित्यलाई माया गर्ने सम्पुर्णलाई यस अभियानमा सहभागी हुन आग्रह पनि गर्नुभएको छ । 

साहित्यप्रेमी तथा साहित्य अनुरागीहरुलाई यस अभियानमा सरिक हुन आग्रह गर्दै उहाँले पाख्रीबास कला साहित्य समाजलाई सहयोग स्वरुप रु एक सय प्रदान गरिदिन र आफ्ना नजिकैका कम्तीमा दश जना साथीहरूलाई पनि यस संस्थालाई रु एक सय दिन प्रेरित गरिदिन आग्रह गर्नुभएको हो । 

सहयोग गर्न चाहनेहरुले जनता बैंक पाख्रीबास शाखाको खाता नं :026-113-0458340-01, स्विफ्ट कोड :JBNLNPKA, IME को पाख्रीबास शाखामा रोशन परियार(अध्यक्ष) 9807022215/984211446 अनन्त अनुराग, अनिल तामङ (उपाध्यक्ष) 9842116003, प्रज्वल पुकार, प्रेम भण्डारी (सचिव) 9816332169 वा ईश्वर दाहाल (कोषाध्यक्ष) 9842300388 को नाममा ट्रान्सफर गर्न सकिने अध्यक्ष परियारले जानकारी दिनुभयो । साथै, धनादेश सेवा उपलब्ध हुलाक कार्यालयहरूबाट धनादेश मार्फत पठाउन (पाख्रीबास कला साहित्य समाज, पाख्रीबास-४ धनकुटा मा पठाउन सकिने जनाइएको छ ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901080 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top