The first website dedicated to the people of clean and green city Hetauda.
logo
प्रवास

दक्षिण कोरियामा: औधोगिक दुर्घटनामा एक नेपालीको निधन



प्रवास    254 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन २२ आइतवार  

श्रावन २२ आइतवार, हेटौंडा । दक्षिण कोरियामा एक नेपालीको औधोगिक दुर्घटनामा परि आज निधन भएको छ। कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिती कोरियाको सह-कोषाध्यक्षमा निर्वाचित भएको १ हप्ता पनि नपुग्दै गुल्मी स्थाई ठेगाना भएका बिष्णु प्रसाद घिमिरेको निधन भएको नेपाली सम्पर्क समितीले बताएको छ।

दक्षिण कोरियामा: औधोगिक दुर्घटनामा एक नेपालीको निधन

जिन्जुमा रहेको ‘मिनी नोंजांग’ नामक पोल्टी फार्ममा कार्यरत घिमिरेको काम गर्दा गर्दै दुर्घटनामा परेपछि नजिकैको अस्पतालमा उपचारको क्रममा आज निधन भएको संगै काम गर्ने समितीका उपाध्यक्ष श्री प्रसाद श्रेष्ठले नयाँ दैनिकीलाई जानकारी दिएका छन् । सो फार्ममा ५ जना नेपाली कार्यरत रहेको पनि उनले जानकारी दिएका छन् । ३० बर्षिय घिमिरे अविवाहित हुन् । घटनाबारे सौल स्थित नेपाली दुतावास र परिवारलाई जानकारी दिईसकेको बताईएको छ। नेपाली दूतावासले पनि घटनाको पुष्टि गरेको छ।

यसै बिच नेपाली सम्पर्क समिती कोरियाले घिमिरेको निधन प्रति एक मिनेट मौन धारण गर्दै  शोक प्रस्ताव पारित गरि यसले संस्थालाई अपुरणिय क्षति पुगेको बताएको छ। अध्यक्ष अन्जु केसिले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनेर भगवान संग प्राथना गरेको र घटनाबारे थप बुझेर सत्य तथ्य सार्वजानिक गर्ने पनि बताईन् ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224793   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top