The first website dedicated to the people of clean and green city Hetauda.
logo
अपराध समाचार

अदालतबाट छुटेपछि हत्या आरोपीको घरमा आगजनी



अपराध समाचार    63 पटक पढिएको   सागर घोरसाईने   २०७४ भाद्र १२ सोमबार  

भाद्र १२ सोमबार, निजगढ । १६ बर्षिय किशोर निसान सापकोटाको हत्यामा संलग्न आरोपमा पक्राउ परी जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका निजगढ नपा ५ का बिचारी थापाको घरमा अज्ञात समुहले आगजनी गरेको छ ।

अदालतबाट छुटेपछि हत्या आरोपीको घरमा आगजनी

घटना बारे बुझन इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको प्रहरी भ्यानमा पनि आक्रोशित समुहले आइतबार दिउसो ढुङ्गामुडा गरेको छ । आगजनीका कारण थापाको घरमा रहेको सबै धनमाल जलेर नष्ट भएको छ भने भ्यानमा सामान्य क्षति छ । 

हत्यामा संलग्न आरोपमा प्रहरीले पक्राउ गरेका बिचारी जिल्ला अदालत बाराबाट शुक्रबार २० हजार रुपैया धरौटीमा छुटे लगत्तै घर पुग्न नपाउदै काठे घरमा आगजनी भएको हो । ‘घर भत्काएर काठपात र सामान चौरमा लगेर आगो सल्काएछन, इप्रका निजगढमा प्रहरी निरीक्षक दिपक रायले भने, के कति क्षेति भयो यकिन विवरण जानकारीमा छैन ।’ घरमा कोही नभएको र प्रतक्ष्यदर्शी स्थानीयले समेत घटना बारे सुचना दिन इन्कार गरेकाले क्षेतिको विवरण प्राप्त हुन नसकेको निरीक्षक रायले जानकारी दिए । 

हत्या आरोपमा प्रहरीले बिचारी सहित श्रीमति बिमला, नाबालिक छोरी बिबिका, छोरा बिबेक र छिमेकी विजय फुयाल र कमल भट्टराईलाई पक्राउ परी एक महिनाअघि अदालतमा कतव्र्य ज्यान मुद्दा दायर गरेको थियो । घटनाको दिन थापाको खेतमा ज्यालामा काम गर्न बोलाइएका भनिएका फुयाल र कमललाई पनि आदालतले धरौटीमा छोडने र बिमलालाई पुर्पक्ष अन्तरगत थुनामा राख्न विरगंज कारागार चलान गरेको छ भने नाबालक छोराछोरी अभिभावकको जिम्मा लगाउने आदेश गरेको छ । अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि थापा, फुयाल र भट्टराई पनि हाल विरगंज कारागारामा छन । अभियुक्तमाथि कारवाहीमा ढिलासुस्ति गरेको भन्दै आक्रोशित स्थानीयले यसअघि पनि इलाका प्रहरी कार्यालय र पुर्वपश्चिम राजमार्गमा दुई दिन पटकपटक घेराउ र चक्का जाम गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेले विज्ञप्ति निकालेर पक्राउ परेकामाथि कतव्र्य ज्यान मुद्दामा कारवाही अघि बढाइने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको थियो । मिलेमतोमा निसानको हत्या भएको भन्दै आफन्तले थापा सहित ६ जनाको नाममा किटानी जाहेरी गरेका थिए । सार्वजनिक मावि कक्षा ९ मा अध्ययनरत निसानको शव छिमेकी थापाको घरमा चुलेसीले घाँटी रेटेको अवस्थमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार बैदवारले अदालतको अन्तिम फैसला आउन बाँकी रहेकाले अदालतको निर्णयमा विस्वास गर्न र संयमता अपनाउन स्थानीयसंग अनुरोध गरेका छन । ‘यो अन्तिम फैसला पनि होइन, उपरीक्षक बैदवारले भने, कसैले पनि उत्तेजित बनेर कानुन हातमा लिने प्रयास गर्नु हुदैन ।’ उनले चित्त नबुझे पुनरावेदन गर्न सकिने ठाउँ पनि बाँकी रहेको र अदालतबाट हुने आदेशको सबैले सम्मान गर्नु पर्ने पनि बताए ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224785   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top