The first website dedicated to the people of clean and green city Hetauda.
logo
शिक्षा/स्वास्थ्य

बैठक कोठामा आनन्दको अनुभव लिन



शिक्षा/स्वास्थ्य   185 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख ०३ आइतवार  

हेटौंडा अनलाईन आफन्त र साथीभाइहरूको भेटघाट तथा जमघट गर्ने महत्वपूर्ण स्थान हो, सिटिङ रुम । त्यसैले यो कोठा सधैँ आकर्षक र पर्याप्त स्थानसहितको हुनुपर्छ ।

बैठक कोठामा आनन्दको अनुभव लिन

प्रवेश गर्नासाथ आनन्ददायक अनुभव दिने खालको वातावरण हुनुपर्छ । त्यसका लागि भित्तामा प्रयोग गर्ने रङ, फर्निचरको डिजाइन, लाइटिङलगायतका अन्य डेकोरेटेड सामग्रीको मुख्य भूमिका हुन्छ । सिटिङ रुमलाई आकर्षक बनाउने केही सामान्य तरिकाबारे इन्टेरियर डिजाइनर श्रद्धा सिंहका सुझाब  यस्ता छन्:


कोठालाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष सजगता अपनाउनुपर्छ । यस्तो कोठामा सबैभन्दा फोकस लाइटिङमा गर्नुपर्छ । कोठाको आकार तथा उचाइअनुसार उपयुक्त हुने झुमर, ल्याम्प वा अन्य डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । कोठामा राखिएको तस्बिरमा टे«सलाइट तथा डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ ।

बैठक कोठामा हलुका रङ लगाउँदा कोठा उज्यालो तथा ठूलो देखिन्छ । ब्राउन, क्रिमजस्ता नरम कलरमा फोकस गर्दा सिटिङ रुमको महत्व झल्कन्छ । यस्तो कलर लगाउँदा परिवारका सदस्य तथा आएका पाहुनालाई समेत आनन्दको अनुभव दिन्छ । जसले गर्दा मानसिक वा शारीरिक थकान भएकाहरू सो कोठामा आराम गरेर बस्दा उत्साह प्राप्त गर्न सहयोगी हुन्छ ।

कोठालाई ताजापन प्रदान गर्न फर्निचर तथा भित्ताको रङसुहाउँदो फेब्रिक प्रयोग गर्न सकिन्छ । कोठामा राखिएका वस्तु तल–माथि, मोटो–पातलो मिलाएर राख्दा कोठाको सुन्दरता खुल्छ ।

ड्रइङ रुममा सबै वालको डेकोरेसन गर्नुपर्छ भन्ने छैन । आफूलाई उपयुक्त लाग्ने कुनै एउटा वाल छनोट गरेर एकतिर मात्र डेकोरेसन गर्दा पनि हुन्छ । त्यस्तो वालमा परिवारका फरक–फरक पुस्ताका फोटो, पारिवारिक जमघटका फोटो तथा पेन्टिङ या अन्य प्राकृतिक तस्बिरहरू सजाउन सकिन्छ ।

आवश्यकताभन्दा बढी फर्निचरले कोठालाई साँघुरो बनाउनुका साथै भद्दा पनि देखाउँछ । चाडपर्व वा विशेष समयमा आएका पाहुनालाई अस्थायी फ्लोर कुसन व्यवस्था गर्न सकिन्छ । फर्निचर पनि कोठाको क्षेत्रफलअनुसार साना र हलुका छनोट गर्दा उपयुक्त हुन्छ ।

कोठाको क्षेत्रफल तुलनात्मक रूपमा सानो छ भने केही उपाय अपनाएर ठूलो देखाउन पनि सकिन्छ । त्यसका लागि एकापट्टिको वालमा फुल फ्रेम मिरर राख्न सकिन्छ । त्यस्तै, कोठाको आकारअनुसार साना आकारमा फर्निचर वा अन्य सामग्री राख्दा राम्रो हुन्छ ।

घरको भौगोलिक अवस्थाअनुसार फ्लोरिङ प्रयोग गर्न सकिन्छ । गर्मी बढी हुने स्थानमा मार्बल तथा चिसो हुने ठाउँमा कार्पेटको प्रयोग उपयुक्त हुन्छ । बैठक कोठा आकर्षक बनाउन गलैँचा प्रयोग गर्नु राम्रो हुन्छ ।






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13217248   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top