Hetauda Online - काठमाडौंमा फेरी स्वाइन फ्लु
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

काठमाडौंमा फेरी स्वाइन फ्लु


शिक्षा/स्वास्थ्य 9 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ०५ मंगलवार


काठमाडौंमा फेरी स्वाइन फ्लु


हेटौंडा अनलाईन लगातार खोकी लागेर ग्रसित हुनुहुन्छ भने कतै स्वाइनफ्लु त भएको छैन ? लगातार खोकी लाग्ने, घाँटी खसखसाउने,१० दिनसम्म पनि कडा ज्वरो आउने भए तपाईंमा स्वाइनफ्लु भएको हुन सक्छ ।

यस्तै, बालबालिकामा  ज्वरोसँगै बान्ता हुने, पखाला लाग्ने भए तत्कालै जाँच गराइहाल्न चिकित्सकहरूले आग्रह गरेका छन् । यस्तै, प्रकारको समस्या लिएर उपत्यकाका अस्पतालहरूमा बिरामी पुगेका छन् । उनीहरूको रगत परीक्षणले उपत्यकामा स्वाइनफ्लु देखिएको छ ।

एचवानएनवान भाइरस देखिएका बिरामीलाई स्वाइनफ्लु लागेको मानिने चिकित्सकहरूले बताएका छन् । उपत्यकामा देखा परेको यस प्रकारको भाइरस कडा प्रकारको भएको चिकित्सकहरूले बताएका छन् । उनीहरूले सबैलाई सचेत हुन आह्वान गरेका छन् ।

काठमाडौंमा स्वाइनफ्लु भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पुष्टि गरेको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विगतमा देखिएको भन्दा पनि फरक किसिमको स्वाइनफ्लुको भाइरस फेला परेको छ । उनले काठमाडौंमा देखिएको स्वाइनफ्लु नयाँ भएकाले विशेष सतर्कता अपनाउन आह्वान गरेका छन् ।पहिले देखा परेको स्वाइनफ्लु क्यालिफोर्निया राज्यबाट आएको हुँदा त्यसले त्यति हानि पु‍¥याएको थिएन,’ सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘तर, अहिले अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइनफ्लु नेपालमा समेत आएको हुन सक्ने हुँदा यसबारे विशेष ध्यान दिन आवश्यक छ ।’

करिब तीन साताअघि मात्र काठमाडौंको एक अस्पतालमा स्वाइनफ्लुकै कारण एक व्यक्तिको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएका ३० वर्षीय पुुरुषमा पनि स्वाइनफ्लु संक्रमण भएको छ । ज्वरोसहित छाती दुखेर अस्पताल भर्ना भएका उनमा स्वाइनफ्लु देखिएको अस्पतालले जनाएको छ । गत फागुनको पहिलो साता ज्वरो आएर अस्पताल पुगेका ४० वर्षीय एक पुरुषमा पनि स्वाइनफ्लुको भाइरस भेटिएको थियो ।जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको केन्द्रीय प्रयोगशालामा रगत परीक्षण गराउनेमध्ये करिब २० प्रतिशतमा स्वाइनफ्लुको भाइरसको प्रारम्भिक लक्षण देखा परेको छ । सन् २००९ मा विश्वमा पहिलोपटक स्वाइनफ्लुुको संक्रमण देखा परेको थियो । एचवानएनवान भाइरस सुँगुरबाट मानिसमा सर्ने हँुदा यसलाई स्वाइनफ्लु भनिएको हो ।अहिले अमेरिका, युरोप हु“दै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक स्वाइनफ्लु नेपालमा आएकाले विशेष ध्यान दिनु आवश्यक छ

स्वाइनफ्लुका विभिन्न प्रजातिमध्ये अमेरिकाको क्यालिफोर्निया सहरबाट फैलिएको क्यालिफोर्निया स्ट्रेन र मिचिगन सहरबाट फैलिएको मिचिगन स्ट्रेन प्रमुख दुई हुन् । क्यालिफोर्निया स्ट्रेनको तुलनामा मिचिगन स्टे«न कडा प्रकारको स्वाइनफ्लु हो ।‘दम, छातीको संक्रमण, मुटुका रोगी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरूमा यसको जोखिम झन् बढी छ,’ सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘त्यसबाहेक सामान्य व्यक्तिमा पनि यसको जोखिम अन्य स्वाइनफ्लुको तुलनामा अझ बढी छ ।’

नेपालमा क्यालिफोर्निया स्टे«नको भ्याक्सिन उपलब्ध छ, तर मिचिगनको भ्याक्सिन नेपाल मात्र होइन, छिमेकी मुलुक भारतमा पनि छैन । यस्तो अवस्थामा यदि कसैलाई यो स्वाइनफ्लु भए मानिसलाई मृत्युको मुखमा पु‍¥याउन सक्छ ।नेपालमा स्वाइनफ्लुका खोप त धेरै छन् । तर, मिचिगन स्ट्रेन कडा प्रकारको स्वाइनफ्लु हो,’ उनले भने, ‘यसले मृत्युदर बढाउन सक्ने हुँदा समय रहँदै यसको जोखिम कम गर्न सरकारले खोप उपलब्ध गराउनुपर्ने देखिन्छ ।’भारतमा समेत मिचिगन नामक स्वाइनफ्लुुबाट ज्यान गुमाउनेहरूको संख्या बढ्दो छ । सन् २०१६ को अन्त्यतिर देखा परेको यस रोगविरुद्ध खोप (भ्याक्सिन) लगाउन विश्व स्वास्थ्य संगठनले समेत सुझाव दिँदै आएको छ ।

स्वाइनफ्लु सरुवा रोग भएको हुँदा सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्यूँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुरा सेवन गर्ने र स्वाइनफ्लुको शंका लागेमा बेलैमा स्वास्थ्य परीक्षण गराएर पनि यो रोग लाग्नबाट बच्न सकिन्छ । 

स्रोत: राजधानी दैनिक 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT


12746003 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top