Hetauda Online - विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण


शिक्षा/स्वास्थ्य 49 पटक पढिएको रबिन्द्र यादव २०७४ श्रावन २७ शुक्रवार


विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण


श्रावन २७ शुक्रवार, नवलपरासी । नवलपरासीमा बाढीको प्रदुषणले स्थानिय पिडितहरुमा भाईरल र फ्लुकोे संक्रमण बढन थालेपछि निशुल्क स्वास्थय शिबिर संचालन गरिएको छ । ठाउँ ठाउँमा बाढीको पानी मरेर वातावरण दुषित र चर्काे घाम, गर्मीका कारण भाईरल ज्वरो, फ्लुको संक्रमणले बाढी पिडितहरु विरामी पर्न थालेपछि निुशल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो ।

बाढीले प्रभावित बनेको उक्त क्ष्ोत्रमा सरकारको भुमिका निस्क्रिय देखिएपछि सिडिएम नेपाल बुटवल, नेपाल स्वास्थय प्राविधिक संघ बुटवल र ग्यालेक्सी रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टर बुटवलको संयुक्त आयोजनामा एक दिने निशुल्क स्वास्थय शिबिर संचालन गरि निशुल्क औषधी वितरण गरिएको छ ।

जिल्लाको प्रतापुर गाउँपालिका ८ स्थित फटकी टोला र वार्ड नंं ३ बर्गदवाको नन्दपुरमा गरि दुई ठाउँमा स्वास्थय शिबिर संचालन गरिएको छ । बाढीले पुर्ण डुबानमा परेका क्षेत्र मध्ये यि दुईटा वार्डहरु बढि पिडित भएको छ । बाढीले जिल्लामा १ सय ४४ घरपरिवारको घर भत्केर विस्थापित हुन पुगेका छन् । रोगको संक्रमण यि विस्थापित घरपरिमा बढि देखिएकाले दुईटै शिबिरमा विस्थापित घर परिवारका कुल १ सय १३ जनाको स्वास्थ्य परिक्षण गरिएको सिडिएम नेपालको नवलपरासी सुपरभाईजर हरिशंकर पाण्डेले बताए ।

स्वास्थ्य परिक्षण गर्दा भाईरल ज्वरो, रुघाखोकी, झाडापाखाला, दादुरा र छाला रोगका विरामीहरु भेटिएका छन् । विरामीहरुलाई निशुल्क औषधीहरु वितरण गरिएको छ जसले विरामीहरुको अवस्थामा सुधार हुने नेपाल स्वास्थय प्राविधिक संघका हेल्थ असिस्टेन्ट समिर भण्डारीले बताए । श्रावण २० गते जिल्लामा आएको ठुलो बाढीका कारण घर भत्किेर १ सय ४४ घरधुरी विस्थापित भएका थिए जु अझैपनि स्थानिय विद्यालय र सर्वाजनिक जग्गाहरुमा त्रिपाल गाडेर बसोबास गर्दै आएका छन् ।

बाढीले बिजोग बनाएको विस्थापित घरपरिवार धाराको धमिलो पानी खान बाध्य छन् । त्यति मात्र होईन विद्यालय एवं त्रिपालमा बस्ने ति विस्थापित परिवारलाई कडा घाम र चर्काे गर्मीले पनि निकै सताएको छ । सम्बन्धित गाउँपालिका, सिडिएम नेपाल र स्थानिय जनताले वितरण गरेको खाद्यान्न दाउराको अभावमा राम्ररी तरिकाले पकाउन नसकेपछि कांचै खान पनि बाध्य छन् । जसले तिनको स्वास्थ्यमा नाकारात्मक असर पारी रहेको बताइएको छ । सरकारको मौनताले झन पिडित बन्दै गएका विस्थापित परिवारमा अझैपनि सिडिएम नेपालले भोजन (मेस) चलाईरहेको छ ।

ति संस्थाहरुले चलाएको स्वास्थ्य शिबिरमा फेला परेका विरामीहरु दुषित पानी, घाम, गर्मी, प्रदुषित वातावरण कै कारणले फैलिरहेको हो । यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने यो संक्रमण ठुलो रुप लिदै महामारी फैलिने सम्भावना रहेको एच ए भण्डारीले बताए । यसरी दयनिय अवस्थामा रहेका ति विस्थापित परिवारलाई सरकारी निकायले पुर्न स्थापित गराउन केहि पलह गरेको पाइएको छैन । विस्थापित घरपरिवारको केहि स्थानिय विद्यालयमा बास र खाना (मेस)ले विद्यालयको पठन पाठन पनि अवरुद्ध भएको अवस्था छ ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697600 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top