The first website dedicated to the people of clean and green city Hetauda.
logo
शिक्षा/स्वास्थ्य

गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण



शिक्षा/स्वास्थ्य   188 पटक पढिएको   यादव चौलागाईं    2018-02-22  

बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।

गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

बकैया ५ पावस स्थित गितावर आधारभुत बिद्यालयमा प्लान नेपालको सहयोगमा निर्माण गरिएको १० कोठे भुकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण गरिएको हो । बिद्यालयमा आज बिहिवार एक बिशेष कार्यक्रम गरि बिद्यालय हस्तान्तरण गरिएको हो । 

३ सय ८१ बिद्यार्थी अध्ययनरत बिद्यालयमा भुकम्पले बिद्यालयको कक्षाकोठा छतिग्रस्त भएर पठनपाठनमा समस्या देखिएपछि स्थानीय ब्यवस्थापन समिति अध्यक्ष धर्मराज लामिछानेको विशेष पहल तथा स्थानीयको सहयोगमा बिद्यालयमा भवन निर्माण गरिएको बिद्यालयका प्रध्यानाध्यापक हरिहर खनालले बताउनुभयो ।



बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरणमा सहभागी व्यक्तित्वोहरु

बिद्यालयको भवन निर्माणको लागि प्लान नेपालले १ करोड ६४ लाख २० हजार ७ सय ३७ तथा बिद्यालयको स्थानीय स्रोतबाट ६ लाख १० हजार ८ सय ७० गरि जम्मा १ करोड ७० लाख ३१ हजार ६ सय ७ रुपियाँको लागतमा बिद्यालयको १० कोठाको २ भवन निर्माण गरिएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाली काङ्ग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, विशेष अथिति बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, अथितिहरु प्लान नेपाल मकवानपुरका प्रमुख नेत्रप्रसाद उपाध्याय, जिल्ला शिक्षाका बकैया गाउँपालिकाका श्रोतव्यक्ति मोदनाथ पोख्रेल, बकैया ५ नम्बर वडा अध्यक्ष शेरमान घलान, प्लान नेपाल मकवानपुरका शिक्षा संयोजक अोमप्रकाश उप्रेती, समाजसेवी भुमिनन्द गौतम, नेपाल प्रेस युनियन मकवानपुरका सहसचिव सुजन विडारी, पत्रकार यादव चौलागाईंलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।



बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरणमा सहभागी व्यक्तित्वोहरु

बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरणमा सहभागी व्यक्तित्वोहरु





भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224812   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top