The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

आईसिटिको प्रयोगगर्दै : शिक्षालाई डिजिटल प्रविधिमय बनाउने


शिक्षा/स्वास्थ्य 145 पटक पढिएको हेटौंडा अनलाइन २०७४ चैत्र २६ सोमबार


आईसिटिको प्रयोगगर्दै : शिक्षालाई डिजिटल प्रविधिमय बनाउने


चैत्र २६ सोमबार, बारा । बाराका जिल्ला शिक्षा अधिकारी लाल बहादुर प्रसाद शाहले आईसिटिको प्रयोग आजको अपरिहार्य भएको बताएका छन् । बाराको कलैयामा भएको आईसिटि ईन एजुकेशन मोटिभेसन सेमिनारको उद्घाटन गर्दै शिक्षालाई डिजिटल प्रविधिमय बनाउने आफ्नो योजना रहेको भन्दै अबको आर्थिक वर्षमा प्राविधिमय बनाउन आफ्नो प्रयास हुने बताए ।

शाहले प्राविधिलाई बुझ्न नसकेका कारण दुरुपयोग भईरहेको भन्दै विद्यालयलाई प्राविधिसंग नजिक भएर अगाडि वढ्न आग्रह गरे । उनले भने, “पढाउने कुरा मात्र जरुरी होइन, कसरी पढाउनु हुन्छ भन्ने कुरा जरुरी हो भन्दैै प्रविधिलाई सदुपयोग गरि शिक्षकहरु नै अब्बल भन्न आग्रह गरे ।”

शैक्षिक तालिम केन्द्र बाराका प्रशिक्षक सञ्जिव चौधरीले बाराका शिक्षकहरुलाई लक्षित गरि आईसिटि सम्बन्धी कक्षा समेत सञ्चालन गरिहरेको बताए । चौधरीले भने,“हाम्रो उद्देश्य पनि विद्यालय कम्तिमा एक कक्षा आईसिटि मय हुनुपर्दछ भन्ने हो ।” शिक्षकमा सिक्ने सोच बनाएर आउनुस हामी तालिमको व्यवस्थ गर्न तयार छौँ उनले भने ।

त्यस्तै आईसिटि इन एजुकेशन नेपालका प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक मोहन राउतले बाराका विद्यालयलाई नमुना विद्यालयमा बनाउनको लागि सक्दो सहयोग गर्न तयार रहेको बताए । उनले थपे,“हामी स्मार्ट स्कुल बनाउनको लागि आवश्यक पर्ने सम्पुर्ण आईटिका सामान उपलब्ध गराउनको लागि तयार छौँ ।” कम्प्यूटर सिकाईको लागि निशुल्क तालिम समेत व्यवस्था गर्न तयार रहेको कुरा बताउदै हरेक विद्यालयलाई नुमना बनाउनको लागि पहल तथा सहयोग गरिरहेको बताए ।

त्यस्तै मुक्तिनाथ विकास वैँकका लोन अधिकृत सविर अलिले विद्यालयलाई प्राविधि मय बनाउन चाहेको खण्डमा आफ्नो वैँकबाट लोड दिन तयार रहेको बताए ।

नेस्नल प्यापसन बाराको आयोजना,आईसिटि इन एजुकेशन नेपालको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय, मुक्तिनाथ विकास वैँक, मिदासको सहकार्यक्रमा संचालित मोटिभेसन तालिममा बारा जिल्ला ६३ वटा विद्यालय प्रिन्सिपलको सहभागिता रहेको थियो ।

नेस्नल प्यापसन बाराका अध्यक्ष प्रभुलाल प्रसाद बुसवाहाको सभाध्यक्षता तथा शैक्षिक तालिम केन्द्र बाराका प्रमुख अरविन्द लाल कर्णको विशिष्ट आथित्यतामा भएको तालिममा सहभागिहरुलाई प्रमाण समेत प्रदान गरिएको थियो ।  

सो सेमिनारमा शैक्षिक तालिम केन्द्र बाराका प्रशिक्षक सञ्जिव चौधरी, आईसिटि इन एजुकेशन नेपालका क्षेत्रिय प्रवन्ध सुनिल राउत,आईसिटि इन एजुकेशन नेपालका प्रमुख कार्यकारी अधिकारी मोहन राउत, मिदास एजुकेसन प्रालिका जेनेरल म्यानेजर विवेकनन्द झा, मुक्तिनाथ विकास वैँकका लोन अधिृकत सविर अलि, कृपा दैनिकका सम्वाददाता नरेश प्रसाद गुप्त लगायतको आथित्यता रहेको थियो ।





सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13157358 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top