The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

सन्दर्भ:अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपाली नर्स


शिक्षा/स्वास्थ्य 2 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख २९ शुक्रवार


सन्दर्भ:अन्तर्राष्ट्रिय नर्सिङ दिवस  र नेपाली नर्स


हेटौंडा अनलाईन आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नर्सिङ काउन्सिलमा दर्ता भए अनुसार नेपालमा करीब ६० हजार नर्स छन् । तर विदेशिने र भोलेन्टिएरको रुपमा काम गर्ने नर्सको भने रेर्कड नै छैन ।

वार्षिक नेपालमा ५ हजारको संख्यामा नर्सहरुको उत्पादन भइरहेको छ । जसका कारण सेवा र शिक्षाको छुट्टा छुट्टै समस्या छन् भने पेशागत समस्या यथावत नै रहेको छ । पेशागत समस्याको रुपमा हेर्दा लामो समयसम्म वृद्धि विकास नहुनु नै हो । २५र३० वर्षसम्म काम गर्दा पनि एउटै पदमा बस्नुपर्ने वाध्यता रहेकोे छ । नेपालमा वर्षेनी नर्स उत्पादन भइरहेको छ । तर, जुन रुपमा उत्पादन भइरहेको छ यस अनुरुप जनसंख्या र अस्पतालको आधारमा नर्स नियुक्ति हुन नसक्दा धेरै बेरोजगार हुनुको साथै एउटा नर्सले धेरै बिरामीको सेवा गर्नुपर्ने अवस्था छ ।  

नेपाल सरकारले काम दिनसक्ने अवस्था छैन भने निजी अस्पतालले समेत काम दिन नसक्ने अवस्था छ । नर्स उत्पादन भएपनि बिरामीको आधारमा हुनुपर्ने नर्सले काम पाउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयमा हामीले नर्सिङ हेर्ने छुट्टै माहाशाखा चाहिन्छ भन्दै आएका छौं । सैदान्तिक रुपमा सहमति भएपनि यसको कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा पनि नर्सको समस्या समाधान गर्न समस्या भएको छ ।  हामीले नैतिकताले पनि आन्दोलन गर्न मिल्दैन । चिकित्सककले गर्ने आन्दोलज र नर्सले गर्नेमा फरक पर्छ । बिरामीको २४ घण्टा स्याहार गर्ने भनेको नर्सले नै हो । त्यसैले पनि नर्सले आन्दोलन गर्नु भनेको सिधै बिरामीमा असर पर्ने हो । सरकारले हामीलाई आस्वासन मात्र दिएको छ । यसलाई चाँडै नै लागु गर्नुपर्ने देखिन्छ ।  नेपालमा गुणस्तरीय शिक्षा भएता पनि विदेशीनेको संख्या पनि कम छैन । लगानी अनुसारको नेपालमा सेवा सुविधा नहुनु, बेरोजगारीको संख्या दिनानुदिन बढ्दै जानु नै यसको मुख्य कारण हो । विदेशमा राम्रो कमाउन सकिनुको साथै सुविधा पनि राम्रो रहेको छ । नर्सहरुको पहिलो चुनौति नीतिमा नै छ । हाम्रो समस्या नीतिगत तहमा पुग्न सकेको छैन । शिक्षामा गुणस्तर विकास हुन नसक्नु, साथै सेवा दिनेमा पनि चुनौती रहेको छ ।

हाल नेपालमा गुणस्तरको विकास हुनु भन्दा पनि संख्यामा बढी जोड दिएको पाइन्छ । २०१३ सालमा नेपालमा नर्सिङ पेशा सुरु भएको हो । आजको दिनसम्म आउँदा धेरै फड्को मार्नुपर्ने हो तर समस्या यथावत छन् ।  विदेशबाट पढेर आएका नर्सहरुलाई व्यवस्थापन गर्न चुनौती छ । नर्सिङ लाइसेन्समा फेल हुनेमा धेरै भारतबाट पढेर आउने रहेका छन् । उनीहरुमा सैद्धान्तिक शिक्षाको समेत कमी छ । भारतबाट बढेर आउने जनशक्ति राम्रो हुन सकेको छैन । सबै कलेज नराम्रो भन्न खोजिएको होइन तर, धेरै कलेजहरुमा समस्या छ ।  हाल आएर इकुभ्यालेन्ट नहुने समस्या सिर्जना भएको छ । उनीहरुले प्राटिकल अनुभव समेत गर्न पाएका छैनन् । नर्सहरुमा सुरक्षाको प्रत्याभुतिसमेत छैन । चिकित्सकले बिरामी हेर्ने मात्र हो तर उनीहरुको स्याहार गर्ने भनेको नर्सले नै हो । त्यसैले गुणस्तरीय सेवा दिन चाहिने  जनशक्ति पनि नर्सलाई नै दिनुपर्छ । हातखुट्टा बाँधेर काम गर भनेको जस्तो भएको छ । बिरामीको कुरुवाबाट समेत नर्स पिडित भएका छन् । 

- नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डेको निजि बिचार।







कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12868346 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top