Hetauda Online - मोतीबिन्दु (Cataract)
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

मोतीबिन्दु (Cataract)


शिक्षा/स्वास्थ्य 2 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ जेष्ठ १४ आइतवार


मोतीबिन्दु (Cataract)


हेटौंडा अनलाईन परिचय : आँखा को नानी (लेन्स) धमिलिनु र दृश्यहरु बादलिएका देखिनु लाई मोतीबिन्दु भएको भनिन्छ । विश्वभरि भएका अन्धोपना का आधा जसो मानिसहरु लाई मोतीबिन्दु भएको अनुमान गरिएको छ । विकासोन्मुख मुलुकहरु मा यो आँखा को एउटा मुख्य समस्या हो ।

यो आँखा को नानी मा हुने क्रमिक परिवर्तन हो । त्यसैले यो प्रायः बढी उमेर भएका मानिसहरु मा देखा पर्छ र यसलाई उमेर सँग सम्बन्धित मोतीबिन्दु भनेर चिनिन्छ । तर जन्मजातै मोतीबिन्दु भएका तथा आँखा मा चोटपटक लाग्नाले या अन्य जटिलता का कारण पनि मोतीबिन्दु भएका उदाहरणहरु पाइन्छन् । तर यिनको संख्या उमेर सँगै भएका मोतीबिन्दु का तुलना मा धेरै न्यून छ ।


मोतीबिन्दु द्वारा ग्रसित बुढीआमा

धेरैजसो अवस्था मा मोतीविन्दु का पछाडी त्यस्ता किटेर भन्न सकिने र उल्लेखनीय कारणहरु छैनन् र पनि कतिपय कारक तत्वहरु जसले मोतीविन्दु हुने क्रम लाई बढावा दिन्छन्, ती यसप्रकार छन् :

  •  बूढ्यौली चढ्दै जानु
  • धुम्रपान तथा रक्सी सेवन गर्नु
  • घाम तथा विकिरण को बढी संसर्ग मा रहनु
  • मधुमेह हुनु
  • स्टेर्वाइड औषधिहरु को लामो समय सम्म प्रयोग गर्नु
  • परिवार का अरु सदस्यहरु मा मोतीविन्दु हुनु
  • आँखा मा पहिले चोटपटक लागेको वा सुन्निएको हुनु

 मोतीविन्दु का लक्षणहरु :

  • पीडा नभईकन आँखा को देख्ने शक्ति मा ह्रास आउँदै जानु
  • दृश्य मा मसिना थोप्लाहरु देखिनु
  • उज्यालो प्रकाश को वरिपरि प्रभामण्डल देखिनु जस्तो कि बाटा को बत्ती
  • चर्को उज्यालो मा हेर्न अपठ्यारो हुनु बाटा का यातायात संकेत राम्ररी नदेख्नाले तथा मसिना अक्षर पढ्न नसक्नाले राती मा
  • गाडी वा बाइक चलाउन गाह्रो हुनु
  • रंगीन दृश्य हेर्दा समस्या हुनु


निदान :

  • आँखा को परीक्षण गरेर डाक्टर ले तपाईंको आँखा मा मोतीविन्दु भए नभएको पत्ता लगाउन सक्छन् । यो नियमित आँखा को परीक्षण का बेला पनि कुनै लक्षण देखिनु भन्दा अगावै पत्ता लाग्न पनि सक्छ।
  • देख्न मा समस्या भएको अवस्था मा डाक्टर ले आँखा को विस्तृत जाँच गर्ने छन् । जाँचहरु मा नजीक र टाढा देख्न सक्ने क्षमता, आँखा को बीच मा र छेउछाउ मा फोकस गर्ने क्षमता, आँखा भित्र को चाप तथा कुनै प्रकार को स्नायविक क्षति भए नभएका कुरा पर्दछन् ।
  • आँखा को नानी लाई फुलाएर गरिने परीक्षण ले पनि आँखा को दृष्टि मा आएको कमी लाई अन्य कुनै समस्या हो कि भनेर छुट्याउन मद्दत गर्ने छ ।

उपचार :

मोतीविन्दु को अवस्था हेरेर चिकित्सक ले शल्यक्रिया वा कुनै थोपा औषधि को प्रयोग गरेर मोतीविन्दु को उपचार गर्ने छन् । शल्यक्रिया मा धमिलिएको नानी (लेन्स) लाई निकालेर कृत्रिम नानी (लेन्स) लाई प्रतिस्थापन गरिन्छ भने थोपा औषधि ले पनि विस्तारै लेन्स मा टाँसिएको जालो लाई पगाल्दै लगेर सफा गर्ने काम गर्दछ । यदि दृष्टि मा निकै कमी आएको छ र दैनिक काम गर्न नै अपठेरो हुन थालेको छ भने शल्यक्रिया नै सर्वोत्तम पद्धति हो ।

रोकथाम :

यसै गरेर मोतीविन्दु हुन बाट जोगिन सकिन्छ भन्ने निश्चित उपाय नभए पनि तल का केही उपायहरु को अवलम्बन ले फाइदा हुन सक्छ :

  • धुम्रपान नगर्नु
  • नियमित र फलफूल हरियो सागपात, दूध, चिल्लो पदार्थ र सोडियम युक्त स्वस्थकर खाना खानु
  • रजोनिवृत्ति पछि एस्ट्रोजेन को प्रयोग गर्नु / स्रोत: निरोगी नेपाल 


सम्बन्धित तस्विरहरु

मोतीबिन्दु द्वारा ग्रसित बुढीआमा

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

लोकप्रिय



12809223 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top