The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

यस्ता गल्तीले बिग्रन्छ मिर्गौला


शिक्षा/स्वास्थ्य 14 पटक पढिएको


यस्ता गल्तीले बिग्रन्छ मिर्गौला


डा. दिव्या सिंह,मिर्गौलारोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल मानिसको दैनिक जीवनशैलीले शरीरको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ । अहिलेको बदलिँदो जीवनशैलीले मानिसहरू व्यस्त रहँदा आफ्नै स्वास्थ्यलाई त्यति ध्यान दिन पाइरहेका हुँदैनन् ।

कसरतको कमी, जंकफुड सेवन तथा मद्यपान र धूम्रपान गर्ने बानीले मिर्गौलालगायतका अंगलाई प्रत्यक्ष असर पुर्‍याइरहेको हुन्छ । रगत सफा गर्ने, मूत्र उत्पादन तथा शरीरका खराब पदार्थहरू निष्कासन गर्न महत्वपूर्ण भूमिका खेल्ने मिर्गौला आफ्नै कारणले कमजोर बनाइरहेका हुन्छौँ । यस्तै, जीवनशैलीका कारण थाहा नै नपाएर मिर्गौलामा समस्या हुँदा अकालमै ज्यान गुमाइरहेका छन् । मिर्गाैला बचाउन अपनाउनुपर्ने जीवनशैलीका बारेमा शिक्षण अस्पताल महाराजगन्जका मिर्गौलारोग विशेषज्ञ डा. दिव्या सिंहले यस्ता सुझाब दिएकी छिन्:


मर्गाैलालाई प्रत्यक्ष असर पार्ने प्रमुख कारणमध्ये हाम्रो भोजनशैली हो । हामीले दैनिक खाने खाना जस्तै: डिप फ्रिजमा राखिएका खाना, तारेको खाना, जंकफुडलगायतले मिर्गौलालाई असर पुर्‍याउँछ ।

मधुमेह, मुटुरोग, पत्थरी, वंशाणुगत समस्या जस्ता कारणले मिर्गौला कमजोर बनाउन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले आफ्नो जीवन सहज भएर बिताउनुपर्छ । मिर्गाैलालाई असर पुग्ने कुनै पनि कार्य  गर्नु हुँदैन ।

मोटो शरीर हुनेलाई पनि मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले शारीरिक बनावट सधैँ सन्तुलनमा राख्नुपर्छ । त्यसका लागि शारीरिक व्यायाममा विशेष ध्यान दिनु फाइदाजनक हुन्छ ।

शरीरमा भएका धेरै प्रकारका दुखाइ कम गर्न विभिन्न औषधि तथा पेनकिलर खाने बानी हुन्छ । यसरी जथाभावी औषधि सेवन गर्दा पनि मिर्गौलालाई खराब गर्छ । चिकित्सकको सल्लाहविना आयुर्वेदिक औषधिको प्रयोग गर्दा पनि मिर्गौलामा खराबी गर्न सक्छ ।

कतिपय व्यक्ति राति सुतेका वेला पिसाब आएमा उठ्न अल्छी गरेर रातभरि नै रोक्ने पनि गर्छन् । यसरी पिसाब धेरै समय रोक्दा पनि मिर्गाैलालाई भार भई इन्फेक्सन हुन सक्छ । पानी कम खाँदा, प्रोटिनयुक्त खानाको कमीले पनि मिर्गौलारोग लाग्न सक्छ । स्रोत:नयाँ पत्रिका 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12868416 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top