Hetauda Online - एक सातादेखि प्रसूतिको शल्याक्रिया बन्द
The first website dedicated to the people of clean and green city Hetauda.
शिक्षा/स्वास्थ्य

एक सातादेखि प्रसूतिको शल्याक्रिया बन्द


शिक्षा/स्वास्थ्य 2 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०६ शुक्रवार


एक सातादेखि प्रसूतिको शल्याक्रिया बन्द


श्रावन ०६ शुक्रवार, नुवाकोट । जिल्लाको एक मात्र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूतिको शल्याक्रिया सेवा एक सातादेखि बन्द भएको छ। त्रिशूली जिल्ला अस्पतालमा प्रसूतिका क्रममा जटिलता देखिएमा शल्यक्रिया गराउने विशेषज्ञ चिकित्सक नहुँदा सेवा बन्द भएको अस्पतालले जनाएको छ।

सामान्य प्रसूति गराउने सेवा बन्द नभए पनि शल्यक्रिया सेवा बन्द भएका कारण प्रसूतिका समयमा जटिलता उत्पन्न हुन सक्ने भयले गर्भवती राजधानी धाउन बाध्य भएको त्रिशूली अस्पतालका चिकित्सक डा राजेन्द्र लामाले बताए। 

नुवाकोट, रसुवा र धादिङको उत्तरी क्षेत्रका बिरामीको दैनिक उपचार तथा प्रसूति सेवा प्रदान गर्दै आएको जिल्ला अस्पतालमा चिकित्सक नहुंँदा प्रसूति सेवा बन्द भएपछि स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गराइएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताए। अस्पतालमा दैनिक १२/१५ सुत्केरी हुने गर्थ्यो।

प्रसूति सेवा बन्द भएपछि प्रसूति विशेषज्ञ पठाइदिन प्रमुख पण्डितले स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीसँग माग गरेका छन्। आज अस्पतालको निरीक्षण गर्न आएको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका डा वासुदेव पाण्डेको टोलीलाई अस्पतालमा दुई प्रसूति विशेषज्ञ पठाउन माग गरिएको पण्डितले बताए। 

विगतमा एक मात्र विशेषज्ञ चिकित्सक भएकाले सेवा बेला बेला प्रभावित हुने गरेको थियो । डा पाण्डेको टोलीले जिल्ला अस्पतालमा पुगेर नगर प्रमुख पण्डित, अस्पताल विकास समिति, अस्पताल सरोकार समिति तथा अस्पताल प्रशासन र चिकित्सकसंँग अन्तरक्रिया गरी छिटोभन्दा छिटो प्रसूति विशेषज्ञ पठाइदिने आश्वासन दिएको अस्पतालका डा लामाले जानकारी दिए। 

अस्पतालमा कार्यरत प्रसूति विशेषज्ञ डा विनम्र सिलवाल काज अवधि पूरा भएर फर्किएपछि उनको स्थानमा मन्त्रालयले कोही पनि नपठाउंँदा एक सातादेखि समस्या आएको हो। चार दशक पुरानो ५० शय्याको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा १७ चिकित्सकको दरबन्दी रहेकामा दुई मात्र स्थायी दरबन्दीका चिकित्सक रहेको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले जानकारी दिए। रासस 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



मुस्लिम धर्मावलम्बीहरुको बकरिद को अवसरमा स्थानीय र प्रहरी द्रारा सरसफाइ ।

४८ लाख हाराहारीको ६ कोठे पक्कि भवन: प्रभात माध्यमिक लाई हस्तान्तरण

पहिरोको जोखिममा परेपछि बिद्यालयद्वारा सहयोग माग

बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

शिक्षामा निजीकरणको अन्त्य गरिनुपर्छ: न्यौपाने

विस्थापित परिवारको निशुल्क स्वास्थय परिक्षण

बाजुरामा १७ जना औलोका बिरामी फेला: के हो औलो रोग ? लक्षणहरु,रोकथाम

इन्फ्लुएन्जाका कारण वालिङका १७ स्कुल एक हप्ताका लागि बन्द: पढौं, के हो इन्फ्लुएन्जा ?

सिमरामा ब्लड क्यानसरका बिरामी बढ्दो: सहयोगका लागि अनुरोध
1 2 3 4 5 6 7 8 9 NEXT

लोकप्रिय



12811689 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top