The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

समकालिन मोडलहरुको भिडमा पहिचान बटुल्दै लिला गिरी


मनोरञ्जन 257 पटक पढिएको सागर घोरसाईने २०७४ आषाढ १८ आइतवार


समकालिन मोडलहरुको भिडमा पहिचान बटुल्दै लिला गिरी


आषाढ १८ आइतवार, हेटौंडा । जीवन सोचे जस्तो र सबै आफैले कल्पना गरेको जस्तै हुन्छ भन्ने छैन् । तर आफ्नो सपना र लक्ष्य प्राप्तीका लागि निरन्तर धैर्यताका साथ लगनशिल भएर मेहनत गर्रयो भने एक दिन सफल भइन्छ भन्ने कुराको उदाहरण बनेकी छिन् मोडल लिला गिरी ।

पश्चिमको सुर्खेतमा जन्मेकी लिलाको सानैदेखी कलाकारितामा आउने रहर थियो तर उनको सपनाको अवरोध आफ्नै परिवार थियो । नाच्ने गाउने कुरालाई उनको परिवारले राम्रो नमान्ने भएको कारण स्कुल पढ्दा उनले रहर भएर पनि आफ्नो प्रतिभा देखाउन पाइनन् । तर गाउँघरमा हुने देउसी भैलीमा भागेर भने पनि उनी सहभागी हुन्थिन् । 

सय भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी लिला गिरी आज सफलताको उकाली चढ्दै छिन् । यो सफलताको उकाली चढ्दै गर्दा उनको यात्रा पीडाले भरिएको छ । सुन्दा आँखा रसाउँछन् तर उनको त्याग र सर्मपणलाई मान्नै पर्छ । टेलिभिजनको पर्दामा अरुले अभिनय गर्दा आफु पनि त्यस्तै भन्ने सपना सजाएकी लिला एसएलसी दिए पछि कलाकार भन्ने सपनाको झोला बोकेर घर छोडिन् । परिवारबाट कहिले टाढा नभएकी उनी बुबाआमाको अनुमति बिना काठमाडौं हिडिन् । आँखामा आँशु, मनमा पीडा अनि त्यसबीचमा बुनेका सुन्दर सपना पुरा गर्ने संकल्पले उनलाई काठमाडौंको यात्रा तय गरायो । उनी यो शहरमा एक्लो यात्री भनेर संघर्षको मैदानमा होमिइन् । जब उनी काठमाडौं आइन परिवार उनीबाट टाढा भए उनको न फोन उठाए नत फोन नै गरे । नेपालीमा एउटा उख्खान छ नी ‘त आँट दैवले पुर्रयाउँछ’ हो उनको जीवनमा पनि त्यहि भयो । कलाकार बन्ने सपना पुरा हुँदै गए । एकपछि अर्को भिडियो सार्वजनिक हुन थाले विस्तारै उनको यात्राले गति लिन थाल्यो । सपना त पुरा हुँदै गए तर उनको मनमा पीडा र घरपरिवारको विछोडको चोटमा हर समय आशुँमा विताएको सुनाउँछिन् । करिब छ महिना पछि ममिको नम्बरबाट फोन आएपछि फोन उठाइन उताबाट ममि रुन थालेपछि उनले किन रोएको भन्दा तिम्रो याद आयो भन्दा उनी पनि रोएको घटना स्मरण गर्छिन् । जीवनको त्यो छ महिना उनका लागि सबै भन्दा बढि पीडाको समय भएको बताइन् । 



मोडल: लिला गिरी

पहिलो म्युजिक भिडियो टेलिभिजनामा हेर्दा उनको खुशीको सिमा नभएको सुनाइन् । उनलाई नै विश्वास नलागेको हामीसंगको कुराकानीमा रहस्य खोलेकी हुन । एक पछि अर्को सफलताको मार्गमा हिडेकी लिला गिरी छोटो समयमा नै चर्चा र लोकप्रियताको शिखर चुम्न सफल भएकी छिन् । भावुक गीतहरुमा बढि अभिनय गरेकी छिन् । लोक दोहोरी तथा आधुनिक गीतहरुमा अभिनय गरेकी लिला यहि क्षेत्रमा केहि गर्ने प्रण लिएकी छिन् । उनी पहिलो चोटी अभिनय गर्न नजान्दा निर्देशकबाट गाली खाएर रोएको घटना स्मरण गर्छिन् । अहिले उनले अभिनय र नृत्य सिकेकी छिन् ।

राम्रो व्यानरबाट चलचित्रको अफर आए मात्र गर्ने नत्र म्युजिक भिडियो नै गर्ने उनको सोच छ । आजसम्म दर्शकबाट पाएको माया र सद्भावले उनलाई अगाडि बढ्न हौसला मिलेको बताइन् । आजसम्म कुनै पनि दर्शकबाट नराम्रो कमेन्ट नआएको र सबैले अगाडि बढ्न प्रेरणा दिएको सुनाउँछिन् । प्रेममा नभएको बताउने लिला कलाकारिता क्षेत्रमा राम्रो काम गर्ने अठोट छ । हिजो एक्लै सघर्ष गर्न पछि नपरेकी उनलाई अहिले परिवारको पूर्ण साथ र सहयोग रहेको छ । उनको प्रण र मेहनतबाट परिवार पनि प्रभावित भएका छन् । राम्रो कर्म गर्न सके फल पनि राम्रै पाइन्छ भन्ने कुरा लिलाबाट थाहा हुन्छ । उनले जीवनलाई संघर्षको रुपमा बुझेकी छिन् । 

नयक जीवन लुईटेलसंग उनलाई अभिनय गर्ने रहर भएको बताइन् । सानैदेखीको सपना आज पुरा हुँदा उनी खुशी छिन् भने आज उनलाई उनको परिवारले पनि बुझेर सहयोग गरेका छन् । समकालिन मोडलहरुको भिडमा आफ्नै पहिचान बनाइसकेकी लिला सबैले आफ्नो काम गर्ने हो कसैलाई पनि प्रतिस्पर्धीको रुपमा नहरेको बताइन् । उनलाई अभिनय गरेका सबै गीतलाई दर्शकले मन पराएका छन् । उनी प्रतिभावान मोडल हुन ।




सम्बन्धित तस्विरहरु

मोडल: लिला गिरी

कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907844 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top