Hetauda Online - छक्का पञ्जा २ टिमले: एम्बुलेन्स उपहार
The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

छक्का पञ्जा २ टिमले: एम्बुलेन्स उपहार


मनोरञ्जन 110 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०६ शुक्रवार


छक्का पञ्जा २ टिमले: एम्बुलेन्स उपहार


श्रावन ०६ शुक्रवार, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ ।

चलचित्रका निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एक कार्यक्रमको आयोजना सहित एम्बुलेन्स हस्तान्तरण गरे । चलचित्र ‘छक्का पञ्जा २’ टिमले काभ्रे पलाञ्चोकको पनौती स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स उपहार दिएको छ । चलचित्रका निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाले शुक्रबार एक कार्यक्रमको आयोजना सहित एम्बुलेन्स हस्तान्तरण गरे । 

‘छक्का पञ्जा’ले व्यवसायीक लाभ उठाएपछि दीपक र दीपाले पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए । कार्यक्रममा चलचित्र ‘छक्का पञ्जा २’ को एउटा गीत समेत सार्वजनिक गरियो । ‘ए सानु बोल..’बोलको उक्त गीतमा स्वस्थिमा खड्का, बर्षा राउत ,जीतु नेपाल, केदार घिमिरे लगायतको अभिनय रहेको छ । गीतमा प्रिन्स र दीपको शब्द तथा अलमोडा राना उप्रेतीको संगीत रहेको छ । गीतमा अलमोडा र सुजना बर्माको स्वर रहेको छ । दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ मा दीपकराज गिरी, प्रियंका कार्की, बर्षा राउत, जीतु नेपाल र केदार घिमिरे लगायतको अभिनय रहेको छ । 

 





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697595 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top