The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

खेलकुद क्षेत्रलाई भ्रष्टाचार मुक्त बनाउँछू: खेलकुद मन्त्री केसी


खेलकुद 117 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन १२ बिहीवार


खेलकुद क्षेत्रलाई भ्रष्टाचार मुक्त बनाउँछू: खेलकुद मन्त्री केसी


श्रावन १२ बिहीवार,काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टाचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् ।

“आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न । म पनि लेखा समितिमा काम गर्दै आएको छु । खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ । पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु,” मन्त्री केसीले भने, “त्यसैले मलाई पार्टीले जिम्मेवारी दिएको हो । आफ्नो जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध भएर अगाडि बढ्ने छु ।”

मन्त्री केसीले नेपालको भूगोल सुहाउँदो र पदकको सम्भावना भएको खेललाई प्राथमिक दिनु पर्नेमा जोड दिँदै नेपाल सरकारको ध्यान मन्त्रालयमा केन्द्रीत गर्ने गरी काम गर्ने वचनवद्धता प्रकट गरे । मुलुकलाई समृद्ध बनाउन युवालाई उत्पादनमूलक काममा सही ढंगले परिचालन गर्न आवश्यक रहेको बताउँदै उनले खेलकुद अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।

दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित ५९ वर्षीय चोभार निवासी केसी राजनीति करियरमा पहिलोपटक मन्त्री बनेका हुन् ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901075 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top