Hetauda Online - एएफसी युथ-२३ छनोट खेल्न नेपाली टोली दुबई
The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

एएफसी युथ-२३ छनोट खेल्न नेपाली टोली दुबई


खेलकुद 52 पटक पढिएको हेटौडा अनलाइन २०७४ आषाढ २९ बिहीवार


एएफसी युथ-२३ छनोट खेल्न नेपाली टोली दुबई


आषाढ २९ बिहीवार, हेटौडा । एएफसी युथ–२३ प्रतियोगिताको छनोट खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) उडेको नेपाली टोली दुबई पुगेको छ ।

विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली युवा टोलीले शनिवार आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) सँग १५ हजार दर्शक क्षमताको अल अइनस्थित ताहनउन बीन मोहम्मद रंगशालामा खेल्दैछ।

नेपालको दोस्रो खेल उज्वेकिस्तानसँग सोमबार हुनेछ । नेपालले समूह ‘डी’ को अन्तिम खेल लेबननसँग बुधबार खेल्नेछ। चीनमा आगामी वर्ष आयोजना हुने एएफसी युथ-२३ च्याम्पियनसिपका लागि युएईलगायत १० भिन्न राष्ट्रमा छनोट खेल हुँदैछ । छनोटमा एसियाका ४० देश सहभागी छन्। यही छनोट खेलबाट चीनमा हुने च्याम्पियनसिपमा भाग लिने १६ टिमको भाग्य-परीक्षा हुँदैछ । नेपाली टिम राजु शाक्यको प्रशिक्षणमा छ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697570 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top