The first website dedicated to the people of clean and green city Hetauda.
logo
धार्मिक

छठमा बेहुली झै सजियो बकैया नदी किनारा



धार्मिक   36 पटक पढिएको   सागर घोरसाइने    २०७४ कार्तिक ०९ बिहीवार  

कार्तिक ०९ बिहीवार, निजगढ । निजगढ नगरपालिकास्थित बकैया खोला घाट यतिबेला बुहुली झै सिगारिएको छ ।

छठमा बेहुली झै सजियो बकैया नदी किनारा

छठ पर्वको अवशरमा श्रद्धालुहरुले पुर्वश्चिम राजमार्गबाट खोला किनारासम्म करिव ३ सय मिटर झिलिमिली बत्ति, पण्डाल र प्रवेश व्दार निर्माण गरेका छन भने  भक्तजनहरुको सुविधाको लागि खोला किनारामा बिजुली बत्ति र कपडाको पण्डाल समेत जडान गरिएको छ । 

मुख्य रुपमा आजबाट शुरु हुने छठ पर्व र ब्रतमा स्नान र पुजाको लागि आउने भक्तजनहरुको सुविधाको लागि निजगढ छठ पुजा समितिले घाट सजावट गरेको हो । समितिले निजगढमा करिव डेढ लाख रुपैयाको लागतमा घाट सजावट गरेको बताएको छ । अघिल्ला बर्षहरुमा राजमार्ग दक्षिणतर्फको किनारामा छठिया घाट बनाउदै आएको भए पनि यसपटक बकैया खोलाले धार परिर्वतन गरेपछि उत्तरतर्फ सारिएको छठ पुजा समितिका अध्यक्ष हृदयबाबु रौनियारले बताउनु भयो । 

उहाले श्रद्धालुहरुको  सुविधाको लागि यसपटक घाट सजावटमा विशेष व्यवस्था गरिएको पनि बताउनु भयो । भक्तजनहरुले घरमा खराना पुजापछि तयार पारेको प्रसाद घाटमा लगेर अस्ताउदो र उदाउदो सुर्यलाई चढाउने गर्छन । छठ ब्रतालुहरुले घर लिपपोत गरेर हिजो ‘खरना’ पुजा गरेका थिए आजबाट ब्रतालुले ३६ घण्टे निर्जल उपवास सुरु गर्ने गर्छन । ब्रतालुले मंगलबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गर्ने गर्छन । लोक आस्थाको यो पर्वको तेस्रो दिन आज साँझ एवं चौथो दिन शुक्रबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा घरबाट लगेको सम्पूर्ण पवित्र सामग्रीसहित सूर्यदेवलाई अर्घ दिएपछि समापन गरिन्छ । 

अन्तिम दुई दिन नदी, पोखरी एवं नहर किनारमा उत्सवकै माहोल हुन्छ । अर्घ दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्न आउनेको घाटमा ओइरो लाग्छ । यही कारणले  पनि छठ पर्वमा घाट सजावटको विशेष महत्व रहेको बताइएको छ ।







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13219807   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top