The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

ढिलोखुल्ने कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ



विज्ञान प्रबिधि   168 पटक पढिएको   हेटौंडा अनलाइन    २०७४ श्रावन ०७ शनिवार  

श्रावन ०७ शनिवार, हेटौंडा । कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ ।

ढिलोखुल्ने कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् ।  

त्यसकारण कम्प्युटरको स्विच अन गरेपछि कम्प्युटरले खुल्नका लागि समय लिन्छ । यस खालको समस्या कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ । कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सकिन्छ । यसो गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयर खुल्दैनन् । र, कम्प्युटर छिटो खुल्ने हुन्छ ।

पहिले स्र्टार्ट मेनुमा गएर त्यहाँ रहेको खोजी बक्समा रन टाइप गर्ने

त्यसपछि च्ग्ल् मा क्लिक गरेपछि देखिने रन बक्समा mकअयलाष्न टाइप गरेर ओके गर्ने

आफूलाई अनावश्यक सफ्टवेयरमा ठीक चिह्नलाई हटाइ दिने

ठीक चिह्न हटाउँदा आफूले चिनेका सफ्टवेयर स्काइप, भाइबर, क्रोम, एडोब एजेन्टलगायत मात्र हटाउने

पहिला युजमा आएका तर अहिले नआएका सफ्टवेयरलाई हटाउने

कम्प्युटरको ब्राउजर इन्टरनेट एक्स्प्लोरर, फायरफक्स, क्रोम, सफारी जहिले पनि अपडेटड गरिरहने

कम्प्युटरमा हुने टेम्पोरोरी फाइललाई हटाउने । यसले कम्प्युटरमा हुने टेम्पोरोरी फाइलले कम्प्युटरलाई भार बढाउँछ रिसाइकल बिनमा भएका फाइलहरू समय समयमा खाली गरिरहने

डेस्कटपमा हुने अनावश्यक फाइल डिलिट गर्ने

इन्टरनेटबाट डाउनलोड गर्दा आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र डाउनलोड गर्नुपर्छ ।

कम्प्युटरमा आवश्यक एन्टिभाइरस हुनुपर्छ । कम्प्युटर छिटो खुल्छ र समयमा काम गर्न सकिन्छ । 






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224855   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top