The first website dedicated to the people of clean and green city Hetauda.
logo
कला साहित्य

युवा गजलकार: पुरुशोत्तमका गजल



कला साहित्य    149 पटक पढिएको   पुरुशोत्तम रसुवा   २०७४ श्रावन ०८ आइतवार  

श्रावन ०८ आइतवार, रसुवा । युवा गजलकार पुरूषोत्तम पौडेल रसुवा मुलत: लय र बहरमा गजल लेख्ने एक सचेत श्रष्टा हुनुहुन्छ । स्व.माता श्रीमती टिका कुमारी घिमिरे तथा पिता श्री चेतनाथ पौडेल को एक मात्र सन्तानको रूपमा २०४८ बैशाख २६ मा उहाँ जन्मनु भएको थियो ।

युवा गजलकार: पुरुशोत्तमका गजल

ऊहाँका गजलमा जिवन, जगतको अनुभुतिलाई अनेक ढङ्गमा रङगाईएको पाईन्छ । आफ्नो गृहजिल्ला रसुवा उपनामको रूपमा प्रयोग गर्ने श्री पुरूषोत्तम पौडेल ठट्टालु अनि रसमय व्यत्तित्व हुनुहुन्छ। साहित्य र अध्यात्मलाई आफु हिड्ने बाटो बताऊनुहुने श्री पुरूषोत्तम रसुवा स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।

गजल


सराव के पिउँ म नशाको लागी 

जिन्दगी छ काफि मजाको लागी 

तिमी छौ सामुन्ने सदैव मेरो

अब के चाहियो आँखाको लागी


तिमिनै छौ व्याप्त यो ब्रह्माण्डमा 

यहि छ बिषय चर्चाको लागी

जुरुक्क उठेर दौडन सक्छ

हौशला हौ तिमी मुर्दाको लागी


पिउने तिमिनै प्यालामा पनि

म दर्शक भएछु कृयाको लागी






भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224343   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top