The first website dedicated to the people of clean and green city Hetauda.
logo
विज्ञान प्रबिधि

जीतपुरमा पनि सिसि क्यामेरा



विज्ञान प्रबिधि   199 पटक पढिएको   सुप्रिया ढकाल    २०७४ श्रावन ०८ आइतवार  

श्रावन ०८ आइतवार, बारा । पछिल्लो समय बारामा सिसि टिभि क्यामेरा जडान गर्ने कार्यले तिब्रता पाउन थालेको छ । अपराध न्यनिकरण, समुदायको व्यवहार परिवर्तन गर्ने गतिलो हतियार सिसी क्यामेरा नै भएको छ । सिमरापछि बाराको जीतपुरमा धमाधम क्यामेरा जडान गर्न लागिएको छ ।

जीतपुरमा पनि सिसि क्यामेरा

क्यामेरा प्रशिक्षण


सिसि क्यामेरा जडान समितिका सचिव शिवजिशाह सोनारका अनुसार २६ मध्य १४ वटा क्यामेरा जडान गरिएको छ । उत्तरमा दिनेश पेट्रोल पम्पदेखि दक्षिणमा लक्ष्मि पेट्रोल पम्पसम्म १४ वटा क्यामेरा जडान गरिएको छ । बाकी १२ वटा आजदेखि जडान गरिने सोनारले पल खबरलाई जानकारी दिए । सोनारका अनुसार बाकी १२ मध्य स्कुल रोडमा आज केहि क्यामेरा जडान गरिनेछ । पल खबसंग कुरागर्दे सोनारले भने ‘१४ वटा क्यामेरा जडान गरिसक्यौ, अब १२ वटा मात्र बाकी छ’ उनले थपे ‘क्यामेरा जडानको काम धमाधम भईरहेको छ, आज स्कुल रोडतिर जडान गर्ने तयारी गर्देछौ’ । 

क्यामेरा जडान गर्न गठित समितिले जीतपुरमा जडान गरेको १४ वटा क्यामेराको हिजो साझ परिक्षण गरेको छ । जीतपुरमा जडान गरिने सम्पुर्ण क्यामेराको नियन्त्रण ईलाका प्रहरी कार्यालय जीतपुरले गर्नेछ । ईलाका प्रहरी कार्यालय जीतपुरको सञ्चार शाखामा क्यामेराको मनिटर राखिएको छ । 





खर्च व्यवस्थापन

जीतपुरमा क्यामेरा जडान गर्न गठित समितिले अहिलेसम्म करिव १० लाख रकम संकलन  गरेको जनाएको छ । सचिव शिवजिशाह सोनारले बिभिन्न संघ–संस्था र व्यक्ति बिशेषबाट गरी अहिलेसम्म करिव १० लाख रकम संकलन भएको छ । उनले भने ‘रकम संकलन हुने क्रम जारी छ, तर अहिलेसम्म करिव १० लाख मात्र रकम संकलन भएको छ’ । सोनारका अनुसार क्यामेरा जडान गर्न मात्रै १७ लाख रुपैया लाग्नेछ । त्यसबाहेक पनि अन्य खर्च सहित करिव २० लाख खर्चको अनुमान गरिएको सोनारले बताए । 

 

 













भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224868   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top