The first website dedicated to the people of clean and green city Hetauda.
कृषि समाचार

दैनिक २० हजार लि. दुध उत्पादन गर्दै बाराका किसान


कृषि समाचार 65 पटक पढिएको सुप्रिया ढकाल २०७४ श्रावन ०८ आइतवार


दैनिक २० हजार लि. दुध उत्पादन गर्दै बाराका किसान


श्रावन ०८ आइतवार, बारा । बारामा दुध उत्पादनको अवस्था प्रगति उन्मुख रहेको दुग्ध उत्पादक सहकारी संघ बाराले जनाएको छ । संघका अध्यक्ष दिलबहादुर तामाङका अनुसार बारामा दैनिक २० हजार लि.सम्म दुध उत्पादन हुने गरेको छ ।

जसमध्य दैनिक बारामै ४ देखी ५ हजार लिटर खपत् हुने तथा बाकि १५ हजार लिटर हेटौडा, नेपालगञ्ज, पोखरा, काठमाण्डौ लगाएतका शहर बजारमा निर्यात हुने गरेको छ । पशुपालनमा आधुनिकिकरण, पशु आहारको उचित ब्यवस्था, तथा पशुपालनमा युवाहरुको आकर्षण बढाउन सके दुध उत्पादन अझै बढ्ने अध्यक्ष तामाङले बताउनुभयो । 

रेडियो समर्पणसंग कुराकानि गर्दै उहाले बारामा सक्रिय सहकारी तथा दुग्ध डेरीहरुले किसान र उपभोक्ताको बिचमा बिचौलीयाको भुमिका निर्वाह गर्दा दुबै पक्षबाट गुनासाहरु आउने गरेको उल्लेख गर्नुभयो । साथै उहाले पशुपालक किसानहरुको लगानिलाई न्युनिकरण गर्न सकेपनि किसानहरुको समस्या समाधान हुने तर्क गर्नुभयो । पछिल्लोपटक बारामामा कुल उत्पादनको तिन चौथाई दुध निर्यात हुने गरेको छ ।






कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12959690 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top