Hetauda Online - ३० टोलका कोषाध्यक्षहरुको सहभागितामा: लेखा व्यवस्थापन तालिम
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

३० टोलका कोषाध्यक्षहरुको सहभागितामा: लेखा व्यवस्थापन तालिम


स्थानीय समाचार 3 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन ०९ सोमबार


३० टोलका कोषाध्यक्षहरुको सहभागितामा: लेखा व्यवस्थापन तालिम


श्रावन ०९ सोमबार, हेटौंडा । हेटौडा उपमहानगरपालिकाका ११ वटा वडाका टोलविकास संस्थाका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन सम्बन्धी तालिम आईतबारबाट सुरु भएको छ ।

कार्यक्रम हेटौंडा-२ स्थित शान्ति टोल विकास संस्थाको आयोजनामा ५ दिने लेखा व्यवस्थापन तालिम सुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रम संस्थाकी अध्यक्ष चन्द्रवति पनेरुको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । 

तालिमको उद्घाटन गर्दै उपमेयर मीना लामाले टोल विकास संस्थाको माध्यमबाट बचत गर्ने बानीको विकास हुने बताउनुभएको थियो । कार्यक्रममा ११ वटा वडाका ३० वटा टोल विकास संस्थाका कोषाध्यक्षहरुको सहभागिता रहेको थियो । ५ दिने तालिममा प्रशिक्षकको भूमिकामा कृष्णप्रसाद भण्डारी, तेजप्रसाद रुपाखेती र गोविन्द प्रसाद अधिकारी रहनुहुनेछ ।





कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697588 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top