The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

पीडितलाई न्याय दिन नसक्दा: महिला हिंसाको घटना उत्तिकै


स्थानीय समाचार 31 पटक पढिएको शुभलक्ष्मी विश्वकर्मा २०७४ श्रावन ०९ सोमबार


पीडितलाई न्याय दिन नसक्दा: महिला हिंसाको घटना उत्तिकै


श्रावन ०९ सोमबार, हेटौंडा पीडित पक्षलाई न्याय र दोषीलाई उचित कारबाही हुन नसक्दा अहिले पनि महिला हिंसाको घटनामा कमी आउन नसकेको आज हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । महिला तथा बालबालिका कार्यालय, शिविन बाल हेल्पलाईन र प्लान इन्टरनेशनलले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

“महिला हिंसाका घटना सृङ्खला हेर्ने हो भने अहिले पनि उत्तिकै छ, स्वरुप बदलिएको होला तर हिंसा घटेको छैन” कार्यक्रममा प्रतिवेदन पेश गर्दै महिला तथा बालबालिका कार्यालय मकवानपुरका प्रमुख महिला विकास अधिकृत शोभा शाहले भन्नुभयो । उहाँले यस्ता समस्याका कारण सेफ हाउसमा सेवा लिन आउने महिलाको संख्या पनि बृद्धि भइरहेको तथ्यांक पेश गर्नुभयो । प्रस्तुत तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा २ सय ४४ जनाले सेफ हाउसको सेवा लिएका थिए । जबकी पछिल्लो आर्थिक वर्षमा यस्तो सेवा लिनेको संख्या ३ सय ८७ पुगेको छ । 

महिला हिंसा सम्बन्धी अवस्था विवरण र महिला विकास कार्यक्रम सम्बन्धी प्रस्तुतीकरणका क्रममा कार्यक्रम तथा समस्या राख्दै उहाँले हिंसाका घटना घट्ने क्रम जारी नै रहेको दाबी गर्नुभयो । मानिसहरुमा चेतना र जागरणका कारण हिंसाका रिपोर्ट हुने क्रम पनि बढेको र हिंसाका घटना उत्तिकै भइरहेको प्रमुख महिला विकास अधिकृत शाहको भनाई थियो । उहाँले घटना हुनै नदिने उपाय अपनाउन, घटना घटेको भए पीडितलाई न्याय दिलाएर, पुर्नस्थापना पछिको अवस्थामा पनि सम्मानपुर्वक बाँच्ने अवस्था सृजना र घटना न्यूनीकरणका लागि राम्रो कानून निर्माण तथा बनेका कानूनको राम्रो कार्यान्वयन गरेर सरोकारवालाहरुले यस क्षेत्रमा सहयोग गर्न सक्ने निश्कर्ष दिनुभयो । 

लैंगिक विभेदमा आधारित हिंसा सम्बन्धी अवस्था विश्लेषण कार्यक्रममा शाह सहित जिल्ला सरकारी वकिलको कार्यालयका हरिप्रसाद भट्टले पनि कार्यपत्र पेश गर्नुभएको थियो । उहाँले लैंगिक विभेदमा आधारित हिंसाको कानूनी बाटो र जिल्लामा यसको अवस्थाबारे जानकारी गराउनुभयो । कार्यक्रममा विभिन्न ५ वटा समूह बनाई लैंगिक विभेदमा आधारित हिंसाको अवस्था, सवालहरु, समाधानका उपाय, कानूनी अवस्था जस्ता विषयमा समूह छलफल र प्रस्तुतीकरण गर्दै महिलामाथि हुने हिंसा तथा विभेदको अवस्था कस्तो छ? भनी निश्कर्ष निकाल्ने प्रयास गरिएको थियो । 

छलफलपछि मन्तव्यका क्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका उपमेयर मीना लामाले अबका दिनहरुमा जिल्लाका सबै स्थानीय तहमा नीति, बजेट तथा कार्यक्रम बनाउँदा यस्ता समस्याहरु समेटेर लानुपर्ने बताउनुभयो । स्थानीय तहमा प्राप्त हुने अधिकारको क्षेत्रभित्र रही यस विषयमा संवेदनशील भएर काम गर्ने र हेटौंडा उपमहानगरपालिकाले लैंगिक विभेदमा आधारित हिंसा न्यूनीकरणको प्रयास गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । शिविन बाल हेल्पलाईनका अध्यक्ष झविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिका उपप्रमुख हर्कमाया रुम्बा लगायत जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901072 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top