The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

ग्लोबल आईएमई क्यापिटलको नयाँ अफर: एक लाखको निशुल्क बीमा



अर्थ/बाणिज्य   326 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन १० मंगलवार  

श्रावन १० मंगलवार, हेटौंडा । डिम्याट खाता नबिकरण गर्नेलाई ग्लोबल आईएमई क्यापिटलले एक लाखको बीमा गरिदिने भएको छ । यो सुबिधा नयाँ खाता खोल्ने ग्राहकले पनि पाउने ग्लोबलले जनाएको छ।

ग्लोबल आईएमई क्यापिटलको नयाँ अफर: एक लाखको निशुल्क बीमा

एक लाखको निशुल्क बीमा अन्तर्गतको अफरमा ग्लोबल आईएमई क्यापिटलले आफ्नोमा डिम्याट खोल्ने लगानीकर्ताको निशुल्क बीमा गरिदिने भएको हो । क्यापिटलको नेटवर्कमा डिम्याट खाता खोल्ने लगानीकर्तालाई एक लाख रुपैंया बराबरको सामुहिक दुर्घटना बीमा गरिदिने क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार साउन आठ गतेबाट क्यापिटल तथा ग्लोबल आईएमई बैंकमा डिम्याट खाता खाल्नेले यस्तो सुविधा पाउने छन् । साउन ३१ गते भित्रमा डिम्याट खाता नविकरण गर्ने लगानीकर्ताले पनि यो सुविधा पाउने क्यापिटलले जनाएको छ । साउन ३१ पछिको हकमा भने सिडिएससीको मेरो सेयर समेत प्रयोग गर्दै डिम्याट खाता नविकरण गराउनेहरुले यो सुविधा पाउने छन् ।

क्यापिटलले अनलाइनबाट डिम्याट खाता खोल्ने व्यवस्था यस अघि नै मिलाई सकेको छ । अनलाइनमा डिम्याट खाता खोल्नका लागि आवश्यक विबरण भरे पछि डिम्याट खाता खोलिएको जानकारी क्यापिटलले गराउँछ । उक्त समयमा भने क्यापिटलमा सम्झैतामा हस्ताक्षर गर्नका लागि एक पटक खातावाहक उपस्थित हुन पर्छ ।

ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्टबाट सिधै डिम्याट खाताको नविकरण सुल्क बुझाउन सकिने क्यापिटलले जनाएको छ । यसका साथै ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिंगका साथै इसेवाको फाइनान्सियल सर्भिस सेगमेण्टबाट पनि डिम्याट खाता नबिकरण गर्न सकिने छ ।






सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224838   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top