Hetauda Online - राप्रपाका जिल्ला सदस्य सहित कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

राप्रपाका जिल्ला सदस्य सहित कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


स्थानीय समाचार 3 पटक पढिएको हेटौंडा अनलाइन २०७४ श्रावन १० मंगलवार


राप्रपाका  जिल्ला सदस्य सहित कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश


श्रावन १० मंगलवार, हेटौंडा । नेकपा माओवादी केन्द्रको भिमफेदी गाँउपालिका वडा नम्वर ५ खोल्मा डाँडामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आथित्यतामा भएको कार्यक्रममा राप्रपाका जिल्ला सदस्य नरबहादुर थापा सहित राप्रपाका ३५ कार्यकर्ता पार्टी परीत्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार समेत रहेका चन्द्रबहादुर सिकारी, नारायण सिंह दोङ, हस्तमाया स्याङ्बो, दिपक सिकारी, शर्मिला लामा लगाएत रहेको नेकपा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिंह पाख्रिन ‘पृथक’ले जानकारी दिए ।



पार्टीमा प्रवेश गर्नेहरुलाई पार्टीकी जिल्ला ईन्र्चाज मोक्तानले फुलमाला र अबिर लगाएर स्वागत गरेकी थिईन् ।  भिमफेदी गाँउपालिका कार्यालय सदस्य बद्रीबहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा, पार्टी पोलिटव्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी गाँउपालिका ईन्चार्ज प्रमिला लामा ,नवनिर्वाचित वडाअध्यक्ष प्रितीलाल मोक्तान, पार्टी जिल्ला सदस्य बिमला स्याङ्तान, रंजित राना लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



लोकप्रिय

ताजा समाचार



12697577 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top