The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

बैंकिङ्ग कारोवारमा कडाइ: पैसा झिक्दा वा राख्दा प्रमाणित परिचय पत्र अनिवार्य



अर्थ/बाणिज्य   337 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन १२ बिहीवार  

२०७४ श्रावन १२ बिहीवार, हेटौंडा । गत असार २५ गते राष्ट्र बैकंले मौद्रिक नीति जारी गरी । श्रावण १ गतेबाट बैकमा नयाँ नियम आएको छ । अहिले आफ्नै खातामा पैसा जम्मा गर्न पनि हस्ताक्षर प्रमाणित गर्नु पर्ने भएको छ भने अरुको खातामा रकम जम्मा गरिदिन नागरिकता, मतदाता परिचय पत्र, सवारी चालक अनुमति पत्र वा राहदानी जस्ता राज्यबाट प्रमाणित परिचय पत्र अनिवार्य चाहिने भएको छ ।

बैंकिङ्ग कारोवारमा कडाइ: पैसा झिक्दा वा राख्दा प्रमाणित परिचय पत्र अनिवार्य

मौद्रिक नीतिको १२८औँ बुँदामा


“नगद कारोबारबाट हुने जोखिम न्यूनिकरण गर्न रु. ३० लाखभन्दा बढीको कारोबार अनिवार्य रुपमा चेकमार्फत गर्नु पर्ने व्यवस्था रहेकोमा २०७४ साउन १ देखि १० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाण्टपेयी चेकमार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ ।”

त्यही व्यवस्थालाई टेकेर असार ३० मा बैकंहरुलाई परिपत्र गर्दै राष्ट्र बैकंले भन्यो “नेपाल सरकारको निर्णय अनुसार सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ४४ग. को उपदफा ९१० को प्रयोजनको लागि भन्दै आफ्ना गा्रहकका सबै गतिविधिको तथ्यगत प्रमाण राख्न आदेश दिइएको हो।

बैकंहरुमा राष्ट्र बैकंको परिपत्र पछि सुरु भएको कडाईको चुरो सम्पत्ति शुद्धीकरण विभागसंग जोडिएको छ । विभागका निर्देशक विनोद लामिछाने भन्छन “अबैध सम्पत्ति आर्जन र लगानीबारेको निश्चित सूचकहरु मध्ये बैकंहरु प्रमुख हुन । अबैध रुपमा पैसा कमाएर कुनै न कुनै काममा लगानी गर्न बैकंसम्म अपराधिक पृष्ठभूमीका मान्छेहरु पुग्ने भएकाले अभिलेख राख्न कडाई गरिएको हो ।”

निर्देशक लामिछाने थप्छन “बैकंहरुले हरेक ग्राहकको शंकास्पद सूचना राष्ट्र बैकं अन्र्तगतको वित्तिय सूचना इकाईमा दिनै पर्छ र त्यहाँबाट हामीकहाँ जानकारी आउने हो । मान्छेहरुको खराब नियतबाट धन आर्जन गर्ने बानीका कारण वर्तमान अवस्था सृजना भएको हो । यसले समुन्नत समाज निर्माण गर्न मद्धत गर्छ ।”

बैंकले पैसा राख्दा र झिक्दा परिचय पत्र माग्नु बैंकका लागि हैन, बचतकर्ताकै सुरक्षा र आधिकारिकताका लागि हो भन्ने बुझ्नुपर्छ । यसबाट देशमा अबैध बाटो ९हुण्डी०बाट भित्रने रकम र त्यो गलत ठाउँमा प्रयोग हुने प्रबृत्तिलाई पनि निरुत्साहित पार्दछ । अर्थतन्त्र स्वच्छ र परादर्शी भयो भने आखिरमा बलियो हुने त्यस देशका जनता नै हुन् ।






सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224799   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top