The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

मैना सुनुवार हत्यामा तीन पूर्व सैनिक ‘दोषी'


राष्ट्रिय समाचार 1 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ०४ सोमबार


मैना सुनुवार हत्यामा तीन पूर्व सैनिक ‘दोषी'


हेटौंडा अनलाईन माओवादी सशस्त्र द्वन्द्वकालताकाको एउटा निकै चर्चित काण्डमा काभ्रे जिल्ला अदालतले एक किशोरीको यातना र हत्याका निम्ति दोषी ठहर्याउँदै नेपाली सेनाका तीन जनालाई २० वर्षको कैद सजाय सुनाएको छ।

लामो समयपश्चात आएको फैसलामा अदालतले सेनाका पूर्व महासेनानी बबी खत्री, पूर्व सहसेनानी अमित पुन र सुनीलप्रसाद अधिकारीलाई सो सजाय सुनाएको हो। त्यसबेला सुनुवारलाई पक्राउ गर्नमा सामेल भनिएका तत्कालीन क्याप्टेन निरञ्जन बस्नेतलाई भने अदालतले सफाइ दिएको छ।

जिम्मेवारी

अदालतका रजिष्ट्रार कृष्ण अधिकारीले बीबीसी नेपालीसँग कुरा गर्दै बस्नेत केवल पक्राउमा मात्र सामेल भएको पाइएको र यातना वा हत्यामा उनको जिम्मेवारी नदेखिएको अदालतले ठहर गरेको बताए। सो मुद्दा अदालतसम्म लैजाने अधिकारवादी संस्था एड्भोकेसी फोरमले बस्नेतलाई सफाइ दिइएका आधारहरुबारे थप विश्लेषण गर्ने बताएको छ। अदालती प्रक्रियामा ती कुनै सैनिक अधिकारी उपस्थित भएका थिएनन्। उनीहरुलाई तत्काल पक्राउ गरिने हो वा होइन भन्ने प्रष्ट भएको छैन। तर दोषी ठहर भएका अधिकारीहरुले फैसलाको पुनरावलोकनका लागि माथिल्लो अदालतमा निवेदन दिन पाउनेछन्।

सिफारिस

नेपाली सेनाका प्रवक्ताले सो फैसलाबारे कुनै प्रतिक्रिया दिन चाहेनन्। नेपाली सेना तथा माओवादी दुवैले सशस्त्र द्वन्द्वकालीन घटनाहरुको नियमित अदालतबाट नभइ संक्रमणकालीन न्याय प्रदान गर्न स्थापित सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत निरुपण हुनुपर्ने बताउँदै आएका छन्। नेपाली सेनाले सन् २००५ मै आफ्ना एक उपरथी किरण समशेर थापाको नेतृत्वमा गठन गरिएको जाँचबुझ बोर्डले सुनुवारको हत्या प्रकरणबारे छानबिन गरेको र दोषी पाइएका तीनजना सैनिक अधिकारीलाई कारबाही गरिसकेको बताउँदै आएको छ। त्यसबेला सेनाले खत्री, अधिकारी र पुन:लाई हेलचेक्र्याइपूर्वक काम गरेकोमा दोषी ठहर गर्दै ६ महिनाका लागि निलम्बन गरी हिरासतमा राखिएको बताएको थियो। तीनैजना सैनिक अधिकारीलाई सुनुवार परिवारलाई नगद क्षतिपूर्ति उपलब्ध गराउन पनि उक्त कोटमार्शल बोर्डले आदेश दिएको थियो।

चासो

त्यसपछि पुन र अधिकारीले सेनाबाट राजीनामा दिएका थिए भने महासेनानी खत्रीको म्याद थप गर्ने प्रस्ताव सन् २००९ मा रक्षा मन्त्रालयले अस्वीकार गरेको थियो। उक्त मुद्दामा सुनवाई गर्दै काभ्रे जिल्ला अदालतले सन् २००८ मा आरोपित सेनानी निरञ्जन बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तर त्यसको दूई वर्षपछि बस्नेतलाई नेपाली सेनाले राष्ट्रसंघीय मिसन चाडमा पठाएको खुलासा भएपछि राष्ट्रसंघले उक्त मुद्दामा चासो प्रकट गरेको थियो। त्यसबेला उनलाई मिसनबाट फिर्ता गर्दै उनीविरुद्ध कारबाही अघि बढाउन राष्ट्रसंघका अधिकारीले नेपाल सरकारसँग माग गरेका थिए। नेपाल फर्किए लगत्तै सैनिक मुख्यालय लगिएका बस्नेतको पछिल्लो अवस्थाबारे नेपाली सेनाले कुनै पनि विवरण दिएको छैन।

आलोचित

उक्त मुद्दाको सुनवाई सन् २०१३ मा स्थगित गरिएपनि मैनाकी आमा देवी सुनुवारले त्यसलाई चुनौती दिएपछि अघिल्लो वर्षबाट काभ्रे जिल्ला अदालतले पुन: सुनुवाई शुरु गरेको थियो। हालै सर्वोच्च अदालतले सन् २०१० मै आजीवन कैद सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो। द्वन्द्वकालीन घटना छानबिन र कारबाही सिफारिसका निम्ति अढाई वर्ष पहिले स्थापित सत्य निरुपण तथा मेलमिलाप आयोगले हालसम्म उल्लेखनीय कार्य गर्न नसकेको भन्दै आलोचित छ। आयोगले पीडितहरुबाट ५८ हजार उजुरी संकलन गरेको छ।तर तिनको छानबिनमा भने ठोस प्रगति भएको देखिंदैन। -बीबीसी 





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12868419 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top