The first website dedicated to the people of clean and green city Hetauda.
logo
अर्थ/बाणिज्य

लक्ष्यभन्दा सात करोड ७४ लाख बढी राजश्व संकलन



अर्थ/बाणिज्य   373 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ श्रावन १२ बिहीवार  

श्रावन १२ बिहीवार, कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३/७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ । कार्यालयले लक्ष्यभन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ । सो कार्यालयले गत आवमा रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

लक्ष्यभन्दा सात करोड ७४ लाख बढी राजश्व संकलन

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत विकास कुमारले राजश्व संकलनमा वृद्धि हुँदै गइरहेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारका कारण राजश्व वृद्धि हुँदै गएको उहाँको भनाइ छ । आव २०७२–७३ मा रु २२ करोड ८६ लाख राजश्व संकलन गरेको थियो ।

गत आवमा लक्ष्यभन्दा १४५ प्रतिशत राजश्व संकलन भएको भन्सार अधिकृत कुमारले राससलाई जानकारी दिनुभयो । यो आव २०७२–७३ भन्दा नौ प्रतिशत कम हो । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा जनचेतला बढेका कारण राजश्व असुलीमा वृद्धि हुँदै गइरहेको छ ।

तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधारलगायत कार्यले राजश्व संकलनमा सुधार आएको हो । गड्डाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुडी बढी मात्रामा भारततर्फ निर्यात हुने गरेको छ । खुल्ला सिमानाका र फितलो सुरक्षाका कारण यहाँका विभिन्न नाकाबाट भन्सार छलेर भारतीय सीमावर्ती बजारबाट सामान भित्र्याउने क्रम रोकिएको छैन ।






सम्बन्धित शिर्षक समाचारहरु



महिला सहकारीसङ्ग हालेमालो गर्दै : असल बचतकर्ताहरु

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने
भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224789   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top