Hetauda Online - हमालको आक्रोश
The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

हमालको आक्रोश


मनोरञ्जन 35 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता २०७४ बैशाख ०५ मंगलवार


हमालको आक्रोश


हेटौंडा अनलाईन राष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला भारतको राजकिय भ्रमणमा छिन् । तर, राष्ट्रपति भारतको अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिए लगतै उनलाई पहिलो गासमै ढुंगा लागेको छ ।

राष्ट्रपतिको स्वागतका लागि भारतकी राज्यमन्त्री एक हातमा मोबाइल बोक्दै विमानस्थल पुगेपछि यसले चर्को आलोचना भोगिरहेको छ । केहि समय अगाडि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा नेपालले २ दिन बिदा मात्र दिएको छैन, राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेकी थिइन् ।

राष्ट्रपतिको अपमान भएको भन्दै सामाजिक संजालमा पनि चर्को टिप्पणी भैरहेको समयमा नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले पनि फेसबुकमा स्टाटस लेख्दै आक्रोश पोखेका छन् ।

उनले लेखेका छन् कि–‘जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन, तब यस्तो परिणाम आउँछ । तर, कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्तरराष्ट्रिय जगतमा छवि कलंकित मात्र पारेको छैन, स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारेको छ । सरकारलाई त लाज हुनुपर्ने हो ।’ स्रोत: अनलाईन खबर 





कमेन्टसहरु





12745960 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top