The first website dedicated to the people of clean and green city Hetauda.
मनोरञ्जन

फिल्म खेल्छु भनेकै होइन


मनोरञ्जन 4 पटक पढिएको हेटौंडा अनलाईन संवाददाता


फिल्म खेल्छु भनेकै होइन


हेटौंडा अनलाईन फोटो स्क्यान्डल भएसँगै एकाएक चर्चामा आएकी गोरखा भूम्लिचोककी कुसुम श्रेष्ठ एउटा फोटोको कारण यति व्यस्त भइन् कि अचेल उनी आफ्नो दैनिक काम गर्न पाउदिनन् । बरु उनलाई आफ्नो चलचित्रको नायिका बन्न प्रस्ताव गर्दै फिल्म युनिटनै गोरखा पुगेका छन् ।

‘तरकारीवाली’ यति खेर बिभिन्न मान्छे सँगको भेटमा व्यस्त छिन् । तरकारी बोकेको फोटो भाइरल भएसँगै अहिले दिनहुँ उनलाई भेटन आउने मानिसहरुको भिड लाग्ने गर्छ । कोही मोडल बन्ने अफर लिएर आउँछन् भने कोही फिल्म खेलिदिनु पर्‍यो भन्दै आउने गरेको उनका काका पदम श्रेष्ठले बताए ।

त्यस्तै उनलाई हेर्नका लागि मात्रै भएपनि मानिसहरु आउने गरेको श्रेष्ठको भनाई छ । उनलाई भेट्न हामी चितवनको फिस्लिङ पुग्दा कुसुम सहकारीमा तरकारी व्यवस्थापन गर्दै गरेका आफ्नो काकालाई सहयोग गरिरहेकी थिइन् ।

फिल्म यूनिटलाई के भनिन् कुसुमले ?

कुसुम काका पदमलाई तरकारी व्यवस्थापनमा सघाउन पनि नभ्याएकी भइसकेकी छन् । हामी पुग्दा उनी किसानहरुले ल्याएको गोलभेडाहरु व्यवस्थापन गर्न उनका काका पदम श्रेष्ठलाई सहयोग गर्न व्यस्त थिइन् ।

संयोग वश त्यस दिन ‘लम्फु’ नामक नेपाली चलचित्रको फिल्म युनिट पनि त्यहा आइपुगेको रहेछ । फोटो भाइरल भएर चर्चामा आएसँगै केही समय अघि ‘लम्फु’ चलचित्रका फिल्म युनिटले कुसुमलाई फिल्ममा खेल्ने अफर गरेको थियो ।

उनले आफन्तसँग सल्लाह गरेर निर्णय दिने बताएपछि उनको निर्णय लिनका लागि फिल्म युनिट त्यहाँ पुगेको फिल्मका निर्माता शक्ति बल्दव घोरासैनीले बताए । सकेसम्म लाजले बाहिर निस्कन नमान्ने कुसुमले लम्फु युनिटको प्रस्ताव अश्वीकार गरिन् ।

उनलाई लम्फु फिल्ममा खेल्ने प्रस्ताव फिल्म यूनिटले केही समय अगाडी नै राखिसकेको थियो । अब भने उनीहरु जवाफको पर्खाइमा थिए । उनीहरु बारम्वार सोध्दै थिए, ‘फिल्म खेल्ने निर्णय गर्‍यौ त ?’ तर उनी भने मन्द मुस्कानले कुरा टार्ने गर्थिन् । बारम्वारको प्रश्न पछि उनलाई नबोली सुखै भएन । उनले मधुरो स्वरामा निर्देशकलाई भनिन् ‘म पहिला आफ्नो करियर बनाउन चाहन्छु, पढाइ सकेपछि सोचौला ।’ निकै आशा बोकेर आएको फिल्म युनिट एक्कासी झस्कियो । कुसुमको जवाफ भइमा खस्न नपाउँदै फिल्मका निर्देशक गोपाल चन्द्र लामिछानेले बोलिहाले, ‘तिमिलाई सानो रोल दिउँला, धेरै समय खर्च गर्नु पर्दैन ।’ तर कुसुमले भने पहिला पढाइलाई नै निरन्तरता दिने भन्दै फिल्मको प्रस्ताव अस्वीकार गरिन् ।

उनले फिल्म खेल्ने अफर अरु पनि आएको तर आफूले भने अहिले फिल्म नखेल्ने निर्णय गरेको बताइन् । तर फिल्म क्षेत्र र मोडलिङ उनको रहरको बिषय रहेको उनी बताउँछिन् ।

लम्फु को कुसुमलाइ तिन वटा प्रस्ताव

फिल्म खेल्ने प्रस्ताव अस्वीकार गरेपछि कुसुमलाइ फिल्म यूनिटले तीन वटा प्रस्ताव गर्‍यो ।

पहिलो प्रस्तावः 

उनी अहिले चितवनको रत्ननगरमा रहेको ओइष्ट मोडल कलेजमा व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा अध्ययनरत छिन् । उनको कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च फिल्म युनिटले व्यहोर्ने ।

दोस्रो प्रस्तावः 

काठमाडौको बवरमहलमा रहेको मेघा कलेजमा स्नातक तहको पढाइका लागी छात्रवृति प्रदान गर्ने ।

तेस्रो प्रस्तावः

‘लम्फु’ फिल्ममा कुसुमले अभिनय गर्ने । तर, यसको बिषयमा भने परिवार सँग छलफल गरी निर्णय दिने कुसुमले बताइन् । 

स्रोत : अनलाइनखबर





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12868433 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top